तामाङ संघ कोरियाले फेब्रुअरी ७ मा सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरूको महान पर्व २८५२औं (टे ल्हो) बाँदर वर्ष सोनाम ल्होछार २०१६ फेब्रुअरी ७ तारिक अाईतवार मनाउने भएको छ । कोरियन महान चाड सलनालको पहिलो दिन नेपाल वाट कलाकारहरु ल्याई वृहत रूपमा मनाउने तामाङ संघ द. कोरियाले जनाएको छ ।
नेपालमा सोनाम ल्होछार फेब्रुअरी ९ तारिक भएता पनि कोरियाको व्यस्त समयलाई मध्य नजर गर्दै सलनालको अवसर पारी मनाउन लागेको हो ।
यही डिसेम्वर २० तारिख अाईतवार संघको बृहत बैठक बस्ने भएको छ । सो बैठकमा ल्होछार मुल आयोजक समिति गठन गरी कलाकार छनोट गरिने संघले बताएको छ ।
द. कोरियामा बसोबास गर्ने सम्पूर्ण तामाङ दाजुभाई दिदीबहिनी, सुभचिन्तक,सल्लाहकार सम्पूर्णलाई २० तारिकमा उपस्थित हुन् संघले आग्रह गरेको छ ।
मिती- डिसेम्बर २० आईतबार
स्थान – लक्ष्मी रेष्टुरेन्ट दोंगदेमुन
समय- १२ बजे
देव तामाङ -०१०-५४७९-८८९६
बिकाश मोक्तान – ०१०-६४९२-५९१५
पूर्ण मोक्तान -०१०-४६३९-८०८३
प्रकाश ब्लोन -०१०-५९२४-१९५४
जी.बि.लामा- ०१०-४६४८-८७०८
गत बर्ष ल्होछार मनाउदै गरेको केहि झलकहरु …फोटो – जी.बि. लामा