दक्षिण कोरियाको सामुद्रिक पानीको तह ४० बर्ष यता उच्च
सोल-कोरियाको सामुद्रिक पानीको तह ४० बर्ष यता उच्च वृद्धि भएको छ ।बुधकार कोरियाका हाईड्रोग्राफिक प्रशासनले बताए अनुसार पानीको तह १० सेन्टीमिटर बढेको छ ।
वातावरणमा ग्लोवल वार्मिंगको असरले गर्दा धु्रवीय क्षेत्रका हिँउ पग्लिएर सामुद्रिक पानीको तह हालसम्मकैं उच्च भएको विज्ञहरुले दाबी गरेका छन् । कोरिया हाईड्रोग्राफिक र ओसियानोग्राफिक अध्ययन शाखाले पानीको तापक्रम उच्च भएकोले धु्रवीय हिँउ पग्लिएको बताएका छन् ।
उनीहरुले सामुद्रिक छाल बढेर प्राकृतिक प्रकोप तथा सामुद्रिक आँधी चल्न सक्ने चेतावनी पनि दिएका छन् ।यल्लो समुद्रले भेटने पोहांगमा सबैंभन्दा बढी पानीको तह बढेको योन्हापले जनाएको छ ।