गजल
हजारौंको भिडमा तिमी लाई चुन्न मन लाग्यो
तिम्रो माया फुल बनाई माला ऊन्न मन लाग्यो ।
जवानीले तिम्रो शरिर चुम्न लाई खोजे पछि
कोमल अंग छोप्ने तिम्रो लुगा बुन्न मन लाग्यो ।
मेरो माया सम्झीएर एकोहोरो टोलाई रह्दा
ढुकढुक भएको मुटु तिम्रो सुन्न मन लाग्यो ।
पूणिमाको गोधूलिमा लट्ठ पर्दै तिमी आउदा
अंगालो बांधिएर सड़्गै तारा गुन्न मन लाग्यो ।
हाम्रो मायामा ईर्ष्या गरी कुरा काट्ने देख्दा खेरी
मुलबाटोमा पर्खाल बनाई थुन्न मन लाग्यो ।