Advertisement
SKIP THIS

नेपाली युवतीको बलात्कार र हत्या गर्ने ७ भारतीयलार्इ मृत्युदण्ड


एजेन्सी: भारतको हरियाणास्थित रोहतकमा मानसिकरूपमा कम्जोर नेपालीलार्इ सामूहिक बलात्कार गरी हत्या गर्ने सातजना भारतीय युवालार्इ त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

 

बलात्कारपछि हत्याको मामिलामा पक्राउ ८ जनामध्ये ७ जना दोषीलार्इ मृत्युदण्डको सजाय सुनाउँदै न्यायाधीशले सोमबार भने, ‘कति पटक यहाँ निर्भया मृत्यु हुन्छ।’ न्यायाधीशले भने, ‘आजको फैसलाले समाजलार्इ यो सन्देश दिनेछ कि यस्तो अपराधमाथि धेरै कडाइका साथ जुध्नु जरूरी छ र यस्ता जघन्य अपराधामा संलग्नलार्इ उचित सजा दिइनेछ।’

न्यायाधीशले यो पनि भनेका छन् कि पीडितको शरीरको घाउको निशान मेटाएर फाल्न सकिन्न नै आत्मामा लागेको चोटको निशान पनि रहिरहनेछ।अदालतले प्रष्ट भाषामा भनेको छ कि यी दोषीलार्इ कुनै क्षमा या कुनै सफाइ र याचिकको अवसर मिल्ने छैन। यो मामिलाको सुनुवार्इ १० महिनामा पुरा भएको हो।

नेपाली युवती बलात्कारको घटना भारतीय तथा नेपाली मिडियाको प्रमुख समाचार नै बनेको थियो। तल्लो अदालतबाट मृत्युदण्डको सजाय सुनाइसकेको अवस्थामा भारतमा त्यसको पुष्टि उच्च न्यायालयबाट गरिने चलन छ।

 

अदालतलार्इ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ‘महिला निर्भया र दामिनी नाम स्वीकार्न इन्कार गर्छन् । यसको कारण भनेको उनको पहिचान नखुलोस भन्ने हो। निर्भया कति पटक मरून्। कसैलार्इ हाम्रो निजी पहिचान खोस्ने अधिकार छैन।’

 

 

भारतीय सञ्चारमाध्यमले न्यायाधीशलई उद्धृत गर्दै भनेका छन् ‘महिला निर्भया र दामिनी नाम स्वीकार्न यसकारण अस्वीकार गर्छन् ता कि उनको पहिचानलार्इ अस्वीकार नगरियोस । निर्भया कति पटक मरुन् । कसैलाई हाम्रत्त निजी परिचय खोस्ने अधिकार छैन ।’ उनले भनेकी छन्, यस्तो मामिला धेरै कडाईका साथ प्रस्तुत हुन जरुरी छ ।

अतिरिक्त जिल्ला एवम् सत्र न्यायाधीश सीमा सिंघलले सोमबार दोषीलाई सजाय सुनाएकी हुन् । यिनीहरुलाई अघिल्लो साता दोषी प्रमाणित गरिएको थियो ।

 

रोचक पक्ष त के छ भने यो मामिलामा सात दोषीसँगै एक नाबालिग आरोपी पनि छन्, जसकाविरुद्ध किशोर न्याय बोर्ड समक्ष सुनवाई जारी छ । अदालत यसका साथै सबै अपराधीहरु, पदम, पवन, सुनिल, सरवार, राजेश, सुनील र मनबीरमाथि एक लाख ७५ हजार भारतीय रुपैयाँ पनि जरिबाना सुनाएको छ । यिनीहरु सबैजना ३० वर्ष उमेरसमूहका छन् ।

 

 

के थियो पुरा मामिला
यो घटना यसै सालको फेब्रुअरी महिनामा भएको हो । २८ वर्षीया नेपाली युवतीलार्इ निर्ममतापूर्वक बलात्कार गरेपछि हत्या गरिएको थियो । अपराधीहरुले उनको शवलार्इ हरियाणाको रोहतक-हिसार राजमार्गस्थित अकबरपुर गाउँको नजिकै खेतमा फालेका थिए ।

 

यी युवती आफ्नी दिदीभेनाजुसँग चिनयोट कोलोनीमा बस्दै आएकी थिइन् । एक फेब्रुअरीदेखि उनी हराएकी थिइन् । चार फेब्रुअरीमा उनको शव खेतमा भेटिएको थियो । उनको कन्चट फुटेको थियो भने शरीरका केही अंगमा जनावरले खाएको चोट थियो ।

 

 

शरीरभित्रबाट ढुंगा र ब्लेड
पोस्टमार्टम रिपोर्टमा यी नेपाली युवतीको गुप्ताङ्गमा कयौं चोट लागेको भेटिएको थियो । पीजीआईएमएसका चिकित्सकहरुल बताए अनुसार महिलाको शरीर भित्र ढुंगा र ब्लेड भेटिएको थियो ।

 

 

रोहतकको यो घटना दुबै देशमा मिडियाका प्रमुख समाचार बनेका थिए । हरियाणाको विपक्षी दलले मनोहर लाल खट्टर सरकारमाथि यस घटनालाई लिएर निशाना साँधेको थियो । अपराधको बर्बरतालाई देखेर अभियोजन पक्षले अदालतसँग सबै दोषीलाई मृत्युदण्ड दिन आग्रह गरेको थियो ।

 

 

भारतीय कानुनले यस्तो सजाय दियो
पीडित पक्षको पैरवी गरिरहेका वकील प्रदीप मलिकका अनुसार अदालतले धारा ३०२ बमोजिम उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । यसका साथै सात दोषीलाई धारा ३७६-डी (सामूहिक बलात्कार) मा पनि दोषी ठहराइएको छ । यसका लागि उनीहरुलाई आजीवन कारावासको सजा सुनाइयो ।

 

 

वकीलले भने, ‘यिनीहरुलाई धारा ३६६ (अपहरण) मामिलामा पनि दोषी ठहराउँदै १० वर्षको सजाय मिलेको छ । सबुत नष्ट गरेकोमा धारा २०१ अनुसार सात सालको सजा सुनाइएको छ । यसका साथै सातैजनामाथि ५० हजार भारतीय रुपैयाँ जरिबाना पनि तोकिएको छ । उनका अनुसार यी सबै सजाय एकैसाथ लागू हुनेछन् ।

 

 

यो घटनाको जाँच कसरी भयो
यस घटनालाई लिएर हरियाणाका पुलिस महानिर्देशक यशपाल सिंघलले विशेष जाँ दलको गठन गरेका थिए । जुन जाँच दलले यो मामिलामा संलग्न नौजना मध्ये आठजनालाई गिरफ्तार गरेको थियो ।
रोहतक पुलिसको हिरासतमा आउनुअघि नै नवौं आरोपीले दिल्लीमा आत्महत्या गरे । अदालतले राजेश अर्थात घुचरू, पवन, प्रमोद अर्थात पदम, सरवर अर्थात बिल्लु, मनबीर अर्थात मन्नी, सुनिल अर्थात मादा तथा सुनिल अर्थात शिलालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
यी सबैजना हरियाणाको गड्डी खेरी गाउँका बासिन्दा हुन् । मामिलाक एक आरोपी नाबालिग छन् । जसको मामिला किशोर न्याय बोर्ड समक्ष चलिरहेको छ । एक अन्य आरोपी सोमबीर पनि यसै गाउँका बासिन्दा थिए । उनले दिल्लीमा आत्महत्या गरिसकेका छन् ।

 

एसआईटीले यसै साल मे मा आरोपीविरुद्ध आरोप पत्र दायर गरेको थियो । यो मामिलामा कारबाही अघि नबढाउँदा हरियाणा प्रहरीमाथि चौतर्फी दबाब र आलोचना भएको थियो । रोहतकमा पुलिसविरुद्ध विरोध प्रदर्शन पनि भएपछि पुलिसले यसको अनुसन्धान थालेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...