कोरियामा कबड्डी हेर्न झुम्मिए दर्शक
सोल-चलचित्र कबड्डी कबड्डीले दक्षिण कोरियामा पनि दर्शक तान्न सफल भएको छ । चलचित्र प्रदर्शन भएका स्थानहरुमा उल्लेख्य दर्शक उपस्थित भएका छन् ।
नोभेम्बर २९ मा बुसानमा प्रदर्शित कबड्डी कबड्डीले दर्शकको वाहवाहि पाएको थियो भने गत आइतबार सोलमा पनि हल खचाखच हुने गरि दर्शक ओइरिएका थिए । आइतबार नै जिन्जुमा पनि कबाड्डीको सिक्वयल कबड्डी कबड्डीले धेरै नेपालीको ध्यान खिच्यो ।
दक्षिण कोरियाका लागि आधिकारिक प्रदर्शकको जिम्मेवारी पाएको धौलागिरी युथ भिजनले प्रदर्शन गरिएका सबै सहरमा दर्शकको चाप रहेको जनाएको छ । अशक्त र उपचारबाट बन्चितहरुका लागि आर्थिक सहयोग गर्ने उदेश्य राखी चलचित्र प्रदर्शन गरिएको धौलागिरी युथ भिजनका अध्यक्ष अनन्त गिरिले जानकारी गराए ।
रामबाबु गुरुङ निर्दे्शित चलचित्र कोरियाका थेगु ,छेजुदो ,आन्सान लगायत सहरमा पनि प्रदर्शन गरिने आयोजकले जानकारी गराएको छ । रंगमन्चबाट ठुलो पर्दामा राम्रो छाप पार्न सफल कलाकारलाइ यहाँका दर्शकले पनि उत्तिकै रुचाएका छन् ।