ईपिएस कामदारले चोटपटक क्षतिपूर्ति बीमाबारेमा जान्नैपर्ने कुराहरु


कोरियामा नेपाली कामदारहरुको संख्या हाल करीब ३० हजार रहेको छ । कामदारहरुको संख्यामा वृद्धि संगै कोरियामा औद्यौगिक दुर्घटनामा परी अंग भंग हुने वा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । गत सन् २०१५ मा मात्र तीन जना नेपाली कामदारहरुले औद्यौगिक दुर्घटनामा परी ज्यान गुमाएका छन् ल। कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला तथा हात नै गुमाउनु पर्ने समस्याबाट थुप्रै नेपाली कामदारहरु समेत पिडित रहेका छन् । कोरिया सरकारले कार्यस्थलमा काम गर्दा लाग्ने चोटपटक तथा कार्यस्थलको कारणले लाग्ने रोगहरुका बारेमा उपचार तथा क्षतिपूर्तिको लागि बीमाको (सान्जे बोह्म) व्यवस्था गरेको छ र त्यसै बिषयमा जानकारी दिने प्रयास गरेको छु ।

 

 

कोरियामा विभिन्न् कल कारखाना, कृषि तथा उद्यौग धन्दा ईत्यादिमा काम गर्दा हुने चोटपटकहरु, वा कार्यस्थलका कारणले लागेका रोगहरु वा त्यसै कारणले मृत्यु निम्त्याउने दुर्घटना समेतको अवस्थामा सहयोग गर्नका लागि कोरिया सरकारद्धारा कामदारहरुको क्षतिपूर्ति बीमा (Workers’ Compensation Insurance) (सान्जे बोह्म)लागू गरिएको छ जसले यस्तो अवस्थाको लागि सामाजिक सूरक्षा प्रदान गर्दछ । कामदारहरुको क्षतिपूर्ति बीमाले काम गर्दाको समयमा लागेको चोटपटक तथा ज्यानै जाने सम्बन्धमा उपचार लगायत त्यस्ता दुर्घटनामा परेका कामदार वा निजका कानूनी हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउंदछ । यसको प्रिमियम वापतको रकम बुझाउनका लागि रोजगारदाता जिम्मेवार हुन्छन् नकि कामदार ।

 

 

(१) कामदारहरुको क्षतिपूर्ति बीमा (Workers’ Compensation Insurance) कहां लागू हुन्छ ?

 

 

कम्तिमा एक जना पनि कामदारले रोजगारी प्राप्त गरेको भएपनि त्यस्तो कार्यस्थलमा यो बीमाद्धारा सबै कामदारलाई सुरक्षित गरिएको हुन्छ । यदि कुनै कामदार दुर्घटना भएको समयमा बीमाद्धारा सुरक्षित नगरिएको स्थानमा रोजगार दिईएको रहेछ भने पनि दुर्घटनाद्धारा असर परेको कामदार यसका फाईदा प्राप्त गर्न योग्य हुन्छन् । यस बीमाको मुख्य बिशेषता यो छ कि यस बीमाले प्रवासी कामदार तथा कोरियाली कामदारको बीचमा कुनै भेदभाव गर्दैन तथा कामदारको बसाई ग्रैह् कानूनी भएतापनि यस बाट लाभ प्राप्त गर्न सक्दछ ।

 

 

(२) कार्य स्थल दुर्घटनामा परेर उपचार गराउनु परेमा के गर्ने ?

 

 

कार्यस्थलमा कुनै दुर्घटनामा परी उपचार गर्दा Workers’ Compensation Insurance फारम भरेर, चिकित्सा सुविधाको दावी सहित Workers’ Compensation Insurance का शाखा कार्यालयमा बुझाउनु पर्छ । यस्ता फारमहरु कोरियाका Workers’ Compensation Insurance बाट अधिकार प्राप्त अस्पतालहरुमा पनि उपलब्ध रहन्छ । दाबी फारम बुझाई सके पछि उपयुक्त लाभ प्राप्तीको निर्णयकालागि केही समय पर्खनु पर्ने हुन्छ ।

 

 

कुनै कार्यस्थलको दुर्घटनामा परेको कामदारले Workers’ Compensation Insurance बाट प्राप्त हुने सुविधा लिन खोजेको तर सम्बन्धित रोजगारदाताबाट आवश्यक सहयोग वा समन्वय प्राप्त गर्न नसकेको खण्डमा Korea Workers’ Compensation & Welfare Service ( COMWEL) बाट फोन मार्फत पनि ( फोन नम्बर १५८८(००७५) जानकारी लिन सक्दछ वा ( COMWEL) शाखा कार्यालयमा आफनो सुविधा अनुसार पुगेर पनि जानकारी प्राप्त गर्न सक्दछ ।

 

 

(३) कार्यस्थल दुर्घटनाको फारम भर्दा कुन कुन कागजात बुझाउनु पर्छ ?

 

 

कार्य स्थल दुर्घटनाको फारम भर्दा राहदानी, विदेशी दर्ताको प्रमाणपत्र, शुरुमा डाक्टरले जांच गर्दाको राय, दुर्घटनाको साक्षी भए साक्षी तथा विवादास्पद दुर्घटनाका सबुत दिने अन्य कागजातहरु बुझाउनु पर्दछ ।

 

 

(-$_ Workers’ Compensation Insurance बाट कुन कुन फाईदाहरु प्राप्त हुन्छ ? 

 

 

(१)औषधि तथा हेरचाह सम्बन्धी फाइदाहरुः

 

 

कार्यस्थलमा भएको दुर्घटना वा कार्यस्थलको कारणले लाग्न गएको रोगको कारणले Workers’ Compensation Insurance बाट अधिकार प्राप्त अस्पतालमा उपचार गराउंदा लागेका औषधी उपचारका खर्चहरु प्राप्त गर्नेछ ।

 

 

(२) अस्थायी अपांङ्गता भएमा तलब प्राप्त हुनेः

 

 

कार्य सम्बन्धी दुर्घटना वा रोगको कारणले काम नगर्दाको अवस्था निज कामदारको तलब भुक्तानी     हुनेछ । ( ७० प्रतिशतमा सिमित)

 

 

(३) चोटपटक वा बिरामी भएमा क्षतिपूर्ति स्वरुप बार्षिक भत्ता

 

कार्य सम्बन्धी दुर्घटना वा रोगको कारणले अस्थायी अपांङ्गता  भत्ता प्राप्त गरी रहेकोमा २(दुई)

बर्ष सम्म उपचार गर्दा पनि पूर्ण रुपमा निको नभएको खण्डमा बार्षिक भत्ता प्राप्त हुनेछ ।

( यसमा चोटपटक वा रोगको अवस्था, अशक्ततताको स्तर प्रमाणित गरीएको हुनु पर्नेछ ।)

 

 

(३) स्थायी रुपमा अपांग भएमा प्राप्त हुने भत्ता

 

 

कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार कार्य सकिए पछि पनि स्थायी रुपमा अपांग भएको खण्डमा अपांङ्गताको स्तर( १४ किसिमका स्थायी अपाङ्ग स्तर भित्रको हुनु पर्ने) अनुसार भत्ता प्राप्त गर्न सक्दछन् ।

 

 

(४) नर्सिङ्ग सम्बन्धी फाईदाहरु

 

 

कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार कार्य सकिए पछि पनि आशिंक वा पूरा समय नर्सिङ्ग सेवाको आवश्यकता परेमा, यस्तो सेवा प्राप्त गर्न सक्दछन् ।

 

 

(५) Workers’ Compensation Insurance का फाईदाहरुको एकमुष्ट भुक्तानीः

 

 

कार्य सम्बन्धी दुर्घटनाको वा रोगको कारणले उपचार गराई रहेको कुनै कामदार यदि आफनो स्वदेश फर्कन चाहन्छ भने, उसले आफनो औषधिय हेरचाह फाईदाहरु, अस्थायी अपाङ्गता सम्बन्धी फाईदाहरु वा स्थायी अपाङ्गता सम्बन्धी फाईदाहरुको  एकमुष्ट भुक्तानी पाउनका लागि मांग गर्न सक्दछ । ( यस बिषयमा चिकित्सकको राय समेत आवश्यक रहनेछ । किनकि स्वदेश फर्केतापनि सम्बन्धित कामदारको उपचारमा प्रतिकूल असर नपरोस् ।)

 

लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...