साफमा नेपालको अघिल्लो चरण यात्रा कठिन , भारतद्वारा श्रीलंका पराजित
भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आयोजक राष्ट्र भारतले श्रीलंकालाई पराजित गरेको छ । योसँगै नेपालको दोस्रो चरण प्रवेश गर्ने सम्भावना निकै कमजोर भएको छ ।
भारतको केरेलास्थित त्रिवेन्द्रम रंगशालामा शुक्रबार साँझ भएको खेलमा आयोजक राष्ट्र भारतले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा भारतले दुई गोल गर्यो । भारतका लागि खेलको ५१ औँ र ७३ औँ मिनेटमा दुवै गोल रोविन सिंहले गर्दै टोलीलाई दुई सून्यको जित दिलाए ।
उद्घाटन खेलमा श्रीलंकासँग एक सून्य गोल अन्तरले पराजित भएको नेपालले अन्तिम खेलमा भारतको सामान गर्नेछ । अघिल्लो चरण प्रवेश गर्न नेपालले भारतमाथि ठूलो अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।