कोरियाबाट क्यान्सर पिडितलाई १ लाख ८५ हजार सहयोग
सोल-रक्त क्यान्सरका कारण बिरामी परेका गोरखा घ्याल्चोकका एक युवकको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
घ्याल्चोक–५ माझटारका २४ बर्षिय तुलसी खनाललाई रक्त क्यान्सर भएपछि उनको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।
घ्याल्चोक घर भई हाल कोरीयामा रहेका प्रज्ञान कार्की नेतृत्वको टोलीले तुलसी बचाउ अभियान नै चलाएर संकलन गरेको १ लाख ८३ हजार ५ सय रुपैया नेपाल पत्रकार महासंघ गोरखा मार्फत बिरामीको परीवारलाई हस्तान्तरण गरिएको हो ।
महासंघका जिल्ला अध्यक्ष भिमलाल श्रेष्ठले ब्यक्तिगत रुपमा एक हजार पाँच सय थप गरी कुल १ लाख ८५ हजार रुपैया बिरामीकी आमा पार्वती खनाललाई प्रदान गरे । बिरामी खनालको हाल विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।
अस्पतालले उपचारका लागी १२ लाख रुपैया खर्च लाग्ने बताएपछि उनको परीवार पैसाको जोहो गर्न जुटेका छन् । देशविदेशमा रहेका साथी तथा सहयोगी सस्थांहरुलाई सहयोगका लागी आग्रह गरीएको बिरामीका दाई शकंर खनालले बताए । हालसम्म करीब ७ लाख रुपैया जुटीसकेको उनको परीवारले जनाएको छ ।