Advertisement
SKIP THIS

जनजाति महासंघ जापानले फेब्रुवरी ७ मा बृहत ल्होसार सांस्कृतिक साँझ गर्ने


शान्त पहरी

जापान  – नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा आगामी फेब्रुवरी ७ तारिखमा बृहत संयुक्त ल्होसार सांझ २०१६ आयोजना गर्ने भएको छ ।

 

टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने कार्यक्रमबाट नेपालको भुकम्पपिडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्धेश्यले नेपालका चर्चित तथा ख्याति प्राप्त कलाकारहरु संगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति साथै परदेशमा आदिवासी जनजातिहरुहरुको आफनै कला संस्कृति समेत झल्कने गरि कार्यक्रमको भब्य तयारी गरिएको जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो ।

 

सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जापान तथा सह-आयोजकमा जापानमा क्रियासिल सम्पूर्ण एकल जातिय संस्थाहरु नेपाल शेर्पा संघ जापान , नेपाल मगर संघ जापान ,किरात याक्थुङ चुम्लुङ जापान ,तमूधि जापान ,किरात राई यायोक्खा जापान ,तामाङ समाज जापान ,थकाली सेवा समाज जापान ,मनाङ सोसाईटी जापान ,नेवा जागरण मंच जापान आदि संघ संस्था हुने जनजाति महासंघले जनाएको छ ।

 

 

उक्त बृह्त ल्होसार सांस्कृतिक साँझको लागि चर्चित लोक गायक , गायिका नेपालबाट ल्याउने नेफिन जापानले जानकारी गराएको छ ।

 

बृह्त संयुक्त ल्होसर सांस्कृतिक साँझ २०१६ तयारीको लागि कार्यक्रम मूल तयारी संयोजक पेम्बा लामालाई जिम्मा दिएको छ भने सदस्यमा पधदिकारी सदस्यहरु सबैलाई जिम्मा दिएको छ  ।

 

त्यस्तै कार्यक्रम उपसंयोजक तथा कलाकार ब्यबस्थापन संयोजक हवल चन्द्र लामा ,हल व्यवस्थपन तथा सांस्कृतिक संयोजकमा महासचिव हर्क गुरुङ , कार्यक्रम प्रचार प्रसार संयोजक कुमार मोक्तान लामा ,टिकट बितरण संयोजक अस्मिता तामाङलाई संयोजन बनाएको छ साथै अतिथि सत्कार संयोजकमा सोम माया गुरुङ ,स्वयंसेवक संयोजकमा भेषराज चेम्जोङ लाई जिम्मा दिएको  नेपाल आदिवासी जनजाति महासंघ, जापानले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...