कोरियामा तमु ल्होछार धुमधामका साथ मनाए (भिडियो सहित)
“प्ये म्ह्स्यां छ्या म्ह्मु, छ्या म्ह्स्यां ल्हु म्ह्मु, ल्हु म्ह्स्यां म्ही म्ह्मु” अर्थात् “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जातिनै हराउँछ” भन्ने मूल नाराको साथमा गत ३ तारिक आईतबार द.कोरियामा रहेका गुरुङ समुदायले तमु ल्होछार धुमधामका साथ मनाएका छन् ।
http://https://youtu.be/Ez2C2aCkCL4
यो बर्ष ल्हु ल्हो (भेडा बर्ग) को बिदाई गरी प्रे ल्हो (बाँदर बर्ष) लाई स्वागत गरेका थिए । तमु जातिले विभिन्न पशुपन्छी र जनावरहरुलाई बाह्रवटा बर्ग (ल्हो) को प्रतीक मान्दै हरेक वर्ष ती ल्होहरु क्रमश आफ्नो चक्र पूरा गरि नयाँ ल्होमा रुपान्तरण हुने दिनलाई तमुहरुले बिशेष हर्ष उल्लास र शुभकामना आदानप्रदान गरि स्योकैँ( भोज ) गरी मनाउदै आईरहेका छन् ।
http://https://youtu.be/zqtDFR1YWJQ
कार्यक्रमका प्रमुख अतिथि श्रम सहचारी अनिल गुरुङले मैन बत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिय, भने उपाध्यक्ष रिता गुरुङले स्वागत मन्तब्य राखेकी थिईन । सुभकामना मन्तब्य राख्दै श्रम सहचारी अनिल गुरुङले जनजाती हरु आफनो धर्म,कला,संस्कृतिको रक्षा र सम्मान गर्दै अरु जात जातिको पनि कला संस्कृति सम्मान गर्ने गरेको उल्लेख गर्दै आफ्नो भाबी सन्ततिहरु लाई शिक्षित गराउनु पर्ने कुरामा जोड दिए ।
http://https://youtu.be/rTdMoufe4-o
जनजाती महासंघ द.कोरियाका अध्यक्ष चित्र ब.मोक्तानले सुभकामना मन्तब्य राख्दै सम्पूर्ण आदिवासी जनजाती दलित महिला मुस्लिम लाई राज्यले समान रुपमा व्यवहार गरेमा मात्रै राष्ट्र सम्बृद हुने बताए । एनआरएन उपाध्यक्ष जुनु गुरुङ र लक्ष्मी गुरुङ, एनसीसीका बरिष्ठ उपाध्यक्ष अन्जु केसी, बौद परिवारका अध्यक्ष इश्वर गुरुङ, किंरात राई यायोख्खा अध्यक्ष दिनेश राई, ओमेन फर ओमेनकी अध्यक्ष मल्लिका थकाली लगाएतले सुभकामना मन्तब्य राखेका थिए ।
सोहि अबशरमा तमु धीँका वरिष्ठ उपाध्यक्ष प्रितम गुरुङको संयोजकत्वमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फेर्किन लागेका श्रम सहचारी अनिल गुरुङ लाई सम्मान तथा बिदाई कार्यक्रम संचालन गरिएको थियो । औपचारिक कार्यक्रमको अन्त्यमा तमु धी कोरियाका अध्यक्ष प्रदिप गुरुङले सम्पूर्णलाई सुभकामना दिदै धन्यवाद ज्ञापन गरे ।
तमु धी द.कोरियाले आयोजना गरेको उक्त तमु ल्होछार कार्यक्रम २०७२ सौलको याक्सु स्टेसन नजिकै रहेको सुर्यग्वान् हलमा सम्पन्न भएको हो उक्त कार्यक्रममा गुरुङ समुदाय र अन्य नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो जातीय पोशाकमा सजिएका गुरुङ समुदायले परम्पगत नृत्य, छ्याटु नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार हरुले पनि बिभिन्न नृत्य प्रस्तुत गरेका थिए साथै ल्होछारको विभिन्न परिकारको पनि व्यवस्था गरिएको थियो ।