कोरियामा “उल्सान सम्पर्क समिति” गठन
सोल/ कोरिया – कोरियाको दक्षिण भेग उल्सानमा रहेको नेपालि युवाहरुको एक भेलाले उल्सान सम्पर्क समिति गठन गरेको छ । उल्सान तथा त्यस आसपास रहेका नेपाली हरुलाई एकतामा बाध्ने तथा आपत बिपत र भैपरि आउदा सहयो गर्ने उद्देश्यले यस सस्थाको स्थापना गरिएको हो।
सो भेलाले महेश राना”बिशेस” को अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसहमतिमा गठन गरेको छ। आगामी दिनमा कोरियामा रहेका बिभिन्न संसथाहरुसग हातेमालो गर्दै यस क्षेत्रमा रहेका नेपालीहरुलाई एकजुट गराउदै दुख परेको बेलामा जस्तो पनि सहयोग गर्न तयार रहेको अध्यक्ष रानाले बताए।