उत्तर कोरियाको आणविक केन्द्र छेउमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प
सोल-उत्तर कोरियामा परमाणु परिक्षण गरिएको क्षेत्रमा भूकम्प गएको छ। ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
उत्तर कोरिया र चीनका विज्ञ अधिकारीहरूले भूकम्पको कारण प्राकृतिक नभएर मानवसृजित भएको प्रारम्भीक अनुमान गरेका छन्।
उत्तर कोरियाले परमाणु परीक्षण गर्दै आएको क्षेत्रमा भूकम्प गएको हो। मनवीय गतिबिधिका कारण जमिनको स्थिति खल्बलिएर भूकम्प गएको हुनसक्ने बताइएको छ।
भूकम्प पछिको स्थितिका बारेमा छलफल गर्न उत्तर कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक बसेको छ । परराष्ट्रमन्त्री युन बेयङ सेले आपतकालिन बैठक डाँकेका हुन् |-एजेन्सी