गजल
पराईको अंगालोमा सानी कति रमाउछौ
मेरो मुटभित्र तीर हानी कति रमाउछौ।
मोर्डन यूग भन्दै समाजलाई लत्याएर
सडक विच इज्जत ठानी कति रमाउछौ ।
पश्चातापले जलाउनेछ पक्कै कुनै दिन
चोखो मायामा खाडल मानी कति रमाउछौ|
यौवनले मातीएर धनी खोज्दै हिड्दा खेरी
चोटै-चेटमा जीवन धानी कती रमाउछौ ।
अजम्वरी छैन यहाँ सजीव कुनै चिज
एक दिन पक्कै मर्नै जानी कती रमाउछौ ।