सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा सास्कृतिक कार्यक्रम गर्ने
सोल-गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भूकम्पबाट भएको जनधन क्षतिलाई मध्यनजर गर्दै सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले भूकम्प पीड़ितहरुमा राहत बितरण लगायत भूकम्पले भत्किएको काभ्रे, नुवाकोट,सिन्धुपाल्चोक लगायतका ठाऊहरुमा बिद्यालय निर्माण गरिरहेको छ |
उक्त कार्यलाइ अझ थप गर्ने उदेश्यले सपोर्ट नेपाल फॉउन्डेशन कोरियाले सलनालमा बृहद सास्कृतिक कार्यक्रम गर्न लागेको हो | फाउन्डेसनको आजको बैठकले सो निर्णय गरेको हो |
कार्यक्रम कोरियन महान चाड सलनालको अबसर पारेर किम्हे, बुसानमा फेब्रुअरी ७ तारिकको दिन ‘सलनाल बिशेष बृहत् स्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ |
उक्त कार्यक्रम लाइ भरपूर मनोरंजन प्रदान गर्नको लागि नेपालमा प्रख्यात कन्दरा बैण्ड, हास्य ब्यांग्य कलाकार जीरे खुर्सानिका शिबहरि पौडेल र किरण केसी र आधुनिक चर्चित लोक तथा हट गायिका ज्योति मगर प्रमुख् आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ|
उक्त कार्यक्रमको आयोजकको रुपमा सपोर्ट नेपाल फ़ाउन्डेशन दक्षिण कोरिया रहने छ भने सहआयोजको रुपमा उक्त फ़ाउन्डेशनमा आबद्ध संघसस्था लगायत अन्य सस्थाहरु रहने जनाउदै उक्त कार्यक्रमलाइ भरपूर सहयोग गरि कार्यक्रम सफल पारिदिनुहुन सम्पूर्ण सरोकारवाला संघसस्था लगायत सम्पूर्णमा हार्दिक अपील गरिएको आयोजकले जनाएको छ |