थेजनमा मजदूर कानुन सम्बन्धी शैक्षिक कार्यक्रम हुने
सोल-थेजन शहरमा प्रवासी मजदुर संघ (एमटियु )र कोरियन प्रजातान्त्रिक महासंघ ने (केसिटियु)ले जनबरि २४ तारिक आइतबार संयुक्त रुपमा शैक्षिक कार्यक्रम आयोजना गर्ने भएका छन् |
प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितता निम्ति निरन्तर आवाज उठाइरहेको दुई सस्थाले मजदुरका ३ अधिकार, रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम, मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नया मजदुर कानुन बारे जनकारी गराउन लागेका हुन् |
त्यस्तै सरकारले परिवर्तन गर्न लागेको कानुनले मजदुरहरुलाई पर्ने असर ,औधोगिक दुर्घटना र क्षतिपुर्ति ,कम्पनीको समस्या समधान लगायत विभिन्न बिषयमा जानकारी गराउने उद्देश्य रहेको एमटियुका अध्यक्ष उदय राईले जानकारी दिए |
सो शैक्षिक कार्यक्रममा सहभागी भएर सम्बन्धित बिषयमा जानकारी लिन सबै मजदूरहरुलाई अनुरोध गरिएको छ |
कार्यक्रम हुने स्थान र मिति
मिति: २०१६ जनवरि २४ तारिक आइतबार
स्थान : ifc hope caple
समय : दिनको ३ बजे
सम्पर्क : उदय राइ 010-5675-2011
गोबिन्द बास्तोला 01021450497
पवन राइ 01059241832