दक्षिण कोरिया र अमेरिकालाई सैंन्य अभ्यास रोक्न उत्तरको माग, अमेरिकाद्धारा ठाडैं अस्वीकार
सोल-उत्तरकोरियाले अमेरिका र दक्षिण कोरियाबीच सैंन्यअभ्यास रोके आफूले आणविक हतियार बन्द गरी शान्ति संझौंतामा आउने बताएको छ ।उत्तरकोरियाले शान्ति संझौंतामा आउनको लागि दुई देशबीचको सैंन्य अभ्यास रोकिनुपर्ने माग गरेको हो ।अमेरिकाले भने उत्तरकोरियाको प्रस्तावलाई ठाडैं अस्वीकार गरेको छ ।
आणविक हतियार परिक्षण रोकी शान्ति संझौंतामा हस्ताक्षर गर्न उत्तर कोरिया तयार रहेको जनाएको हो ।उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवत्ताले जनवरीमा ६ मा परिक्षण गरिएको हाईड्रोजन बम बाहय तत्वहरुको चेतावनीबाट बच्नमात्र परिक्षण गरिएको दाबी गरेका छन् ।ती प्रवत्तालाई उद्र्दत गर्दैं कोरियन सेन्ट्रन न्युज एजेन्सीले भनेको छ हामीले आफनो देशको राष्ट्रिय सुरक्षा ,बाहय हस्तक्षेप विरुद्ध आणविक हतियारको प्रयोग गरिने तर विना सोच विचार कोही माथि आणविक हतियार आक्रमण नगर्ने बताएका छन् ।
गत हप्ता मात्र उत्तर कोरियाका ड्रोन दक्षिण कोरियाको सिमाक्षेत्र नाघेपछि जवाफी हवाई फायर गरेको थियो। दुई कोरिया प्रायद्धीप सन १९५० ५३ को युद्ध पछिपनि टेक्नीकल्ली युद्धरत रहेका छन् ।उत्तरकोरियाले हाईड्रोजन बम परिक्षण गरेसैगैं अमेरिका र दक्षिण कोरियाले सैंन्य अभ्यासलाई झन बढाएका छन् ।