भूकम्प पीडितलाई कीम युनाको १ लाख डलर सहयोग
फोनिज कोरिया संवाददाता
सोल-नेपालमा गत शनिबार गएको महाभूकम्पक पीडितहरुलाई सहयोग गर्ने अन्तराष्ट्रिय दाताहरुको संख्या क्रमशः बढ्दो छ । यसैक्रममा कोरियन स्केटिङ खेलाडी किम युनाले भूकम्प पीडित बालबालिकाहरुको लागि सहयोग गरेकी छिन | उनले युनिसेफ कोरियामार्फत १ लाख डलर सहयोग गरेकी हुन् । उनी युनिसेफका अन्तराष्ट्रिय सदभावना दूत हुन । भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुलाई पिउने पानी र खाद्यान्न सहयोग गर्न आग्रह गरेकी छिन् ।