लमजुङ परिवार द.कोरियाले फेब्रुअरी 7 मा बृहत् भेला गर्ने


मेघप्रसाद वाईबा,सोल -लमजुङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन फेब्रुअरी 07 तारीख बेलुका परिवारको बृहत् भेला एवं रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।सोही दिन रोजगार अनुमति प्रणाली (EPS)मार्फत कोरिया प्रवेश गरेका लम्जुङे साथीहरूलाई स्वागत पनि गर्ने भएको छ ।
संस्थाको स्थापना कालदेखि नै कोरियामा रहेका संघसंस्थाहरुबीच हातेमालो गर्दै विभिन्न किसिमका सामाजिक परोपकारी कार्य, औद्योगिक दुर्घटनामा परी घाइते भएकाहरु, विभिन्न रोगबाट ग्रसित भएका व्यक्तिहरु ,प्राकृतिक प्रकोप जस्ता आपतकालीन र विभिन्न समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आई रहेको छ।वाईजम्बु स्थित सेम्नेमा आफ्नै आवास गृह समेत रहेको यस संस्थाले अचानक कम्पनीको काम छाडी बेरोजगार भै बसेका नेपालीहरुका लागि लक्षित गरि खोलिएको उक्त आवास गृहमा झन्डै मासिक ५ देखि १० जना सम्मालाई सेवा सुविधा समेत प्रदान गर्दै आईरहेको छ ।
तसर्थ , लम्जुङ परिवार दक्षिण कोरियामा आबद्ध सम्पुर्ण लम्जुङ्वासी तथा गैर लमजुङवासी दाजुभाइ तथा दिदिबहिनीहरु , सल्लाहकार ,भु.पु. अध्यक्ष एवं खेलाडी साथीहरू उक्त दिन अनिवार्य रूपमा उपस्थित भै कार्यक्रमलाई भव्य र सभ्यरूपमा सफल पारी दिनु हुन परिवारका अध्यक्ष धन गुरुङले अनुरोध गरेका छन।

विस्तृत जानकारीको लागि :
धन गुरुङ (अध्यक्ष ):010-64642743
मेघ दुरा (उपाध्यक्ष ):010-59300161
ममता गुरुङ ( कोषअध्यक्ष ):010-50485505
जे.बि.गुरुङ (सल्लाहकार ):010-51361144

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...