सोनाम ल्होछारको सम्पूर्ण तयारी पुरा – तामाङ् संघ द. कोरिया


सोल/कोरिया – नेपाल तामाङ् संघ द. कोरियाले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०१६ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ औ टे, मकर ल्हो ( बाँदर बर्ष ) को अबशरमा आयोजना गरेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष देब सिङ तामाङ्ले बताए ।

 

बिगतको बर्षहरु झैँ यस बर्ष पनि नेपाल बाट ख्याती प्राप्त तामाङ् कलाकार हरु गायक बिश्व दोङ्, सागर एस वाईबा र गायिका शशिकला मोक्तान कोरिया आउने भएका छन्  । कोरियाको नयाँ बर्ष ( सलनाल ) को पहिलो दिन अर्थात फेब्रुअरी ७ मा धुमधाम संग मनाउन लागिएको उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रण गरिएको  तामाङ् कलाकार हरुको बेजोड प्रस्तुति रहने छ भने स्थानीय कलाकार हरुको साथ  रहने छ  ।  तामाङ् सेलो नृत्य र मेहेन्दो मायाँ गीत र नृत्य कार्यक्रमको मुख्य आकर्षण रहने छ साथै ल्होछार विशेष परिकारको व्यवस्था गरिएको  संघले जनाएको छ ।

 

 

तामाङ् संघ कोरियाले कोरियामा रहेका बिभिन्न जातिय, क्षत्रिय, सामाजिक, राजनीतिक संघ संस्था र ब्यापारी , बुद्दिजिबि, पत्रकार आदि सम्पूर्णलाई निमन्त्रणा गरिसकेको जनाएको छ ।  साथै कारणबस निमन्त्रणा आईनपुगेको भए यसै समाचार लाई आधार मानी गरिमामय उपस्थितिको लागि संघले अनुरोध गरेको छ।

 

सांस्कृतिक कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल बनाउनको लागि द. कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय र संघ संस्था संग संघले अनुरोध गरेको छ ।  तामाङ् समुदाय लाई जातिय पोशाकमा उपस्थित हुन् संघले आग्रह गरेको छ ।

 

कार्यक्रम हुने मिति, स्थान र समय

मिति – २०१६ फेब्रुअरी ७ आईतबार  ( सलनालको पहिलो दिन )

स्थान – सउल छंगु छंगसोन्यन सुर्यग्वान हल  ( ट्रेन लाईन न. ३ र ६ गेट न. ५ )

समय – बिहान १२ बजे

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...