बिबेकशील नेपाली कोरियाले आन्सान र उल्सान छेत्रको संयोजक तोक्यो
सोल/कोरिया – बिबेकशील नेपाली पार्टीको प्रबास संगठन बिबेकशील नेपाली कोरियाले संगठन विस्तार गर्ने क्रममा आन्सान र उल्सान छेत्रको संयोजक तोकेको छ । जस अन्तर्गत आन्सान छेत्रको संयोजकमा जीबी लामा र उल्सान छेत्रको संयोजकमा कमल पोखेरल रहेका छन् ।
गत फेब्रुअरी ८ सोमबार दोंगदेमुन स्थित सुभेच्छा मार्टमा बसेको बिबेकशील नेपाली कोरियाको केन्द्रिय बैठकले सो निर्णय गरेको हो। बिबेकशील नेपालीको संगठनलाई कसरी अगाडी बढाउदै लैजाने र सम्पूर्ण बिबेकशील मनहरु लाई जोड्दै लान सकिन्छ भन्ने बिषयमा छलफल भएको सचिब खगेन्द्र लिम्बुले बताए ।
उपाध्यक्ष सुनिल बोहोराले बिबेकशील नेपाली भासण र आसनमा समय खेर नफाल्ने बताउदै हरेक नेपाली जनताको न्यूनतम आवश्यकता पुरा गर्न लागि तल्लिन रहको बताए यसैगरी व्यबस्थापिका संयोजक कमल प्र.प्याकुरेलले बिगतमा गरेको काम हरुको स्मरण गराउदै बिबेकशील नेपाली सेवा र सहयोगको लागि हरदम लागि पर्ने बताए ।