कोरियामा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न-( भिडियो सहित )


“बिश्वमा छरिएर रहेका तामाङ् हरु एक हौ , पहिचान सहितको ल्होछार सांस्कृतिक कार्र्यक्रम सफल पारौ” भन्ने मूल नाराको साथमा नेपाल तामांग संघ द. कोरियाले आयोजना गरेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०१६ भव्यताका साथ सम्पन्न भएको छ । सोनाम ल्होछार २८५२ टे, मकर ल्हो (बाँदर बर्ष ) को उपलक्ष्यमा आयोजित उक्त सांस्कृतिक कार्यक्रम सौल स्थित सुर्यगवान् हलमा गत फेब्रुअरी ७ आईतबारको दिन सम्पन्न भएको हो।

http://https://youtu.be/FSE28yVBL1I

 

 
नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र कुन्छांग दोर्जे लामाले ल्होछार विशेष पुजा गरि सबैले टिका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा कोरियाको लागि नेपाली महामहिम राजदुत कमान सिं लामाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए।

http://https://youtu.be/baKvbqyirPs

 

स्वागत मन्तब्य राख्दै तामांग संघ द. कोरियाका सदस्य संजिप कुमार गोलेले सोनाम ल्होछार नै तामांग समुदायको महान चाड भएकोले यसमा विवाद गर्न नहुने जिकिर गरे । सुभकामना मन्तब्य राख्दै राजदुत लामाले सम्पूर्ण तामाङ् समुदाय एक भै हर्षोल्लासका साथ मनाउनु पर्ने बताए ।

http://https://youtu.be/Vfx3a81VFHU

 
जनजाती महासंघ द. कोरियाका कार्यबाहक अध्यक्ष पबन चामलिंग राई ,भुजेल समाजका द. कोरियाका अध्यक्ष ठाकुर भुजेल , नेवा पुच का अध्यक्ष कृष्ण मुस्यान् ,नेपाली सम्पर्क समितिका उपाध्यक्ष जित ब. गुरुङ आदि अतिथिहरुले सुभकामना व्यक्त गरेका थिए ।

http://https://youtu.be/RayWifxpPps
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै तामाङ संघका अध्यक्ष देब सिं तामाङ्ले सुभकामना व्यक्त गरे ।

http://https://youtu.be/ev4ps1GqzXs

 
नेपालबाट आएका अतिथि कलाकार र स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा सेलो नृत्य समेत प्रस्तुत गरिएको थियो साथै ल्होछार विशेष परिकारको पनि व्यवस्था गरिएको थिए भने अधिकाँश तामाङ्हरु जातीय पोशाकमा उपस्थित थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...