पर्बतको अध्यक्षमा पुन: तुल बहादुर पुर्जा
सौल –
यहि २०१६ फेब्रुअरी ८ तारिख सौलमा भएको पर्बत प्रबाशी समाज दक्षिण कोरियाको चौथों अधिबेसनबाट तुल बहादुर पुर्जाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरिएकोछ|जसमा अध्यक्ष तुल बहादुर पुर्जा , उपाध्यक्ष बिमल गौतम ,सचिब बचन प्रताप सेन ,सह सचिब सुरेश हमाल ,कोषाध्यक्ष नारायण भुसाल ,सदस्य शौरभ पौडेल ,सदस्य जय नारायण सुबेदी ,सदस्य अप्सरा श्रेष्ठ,सदस्य तेज बहादुर भण्डारी,सदस्य मिलन शर्मा बस्याल र सदस्य धनपति भट्टराई रहेका छन्| त्यसै गरि सल्लाकारहरुमा तेजेन्द्र सुबेदी ,सुनिल बरुवाल, भिम गुरुङ,बुद्धि गुरुङ र रुद्र शर्मालाई चयन गरिएकोछ|त्यसै गरि रोशन शर्मा पौडेललाई क्षेत्रीय सल्लाकार प्रमुखमा चयन गरिएको जनाइएकोछ भने खेलकुद समितिमा संयोजक राजन गुरुङ र सदस्यमा द्वय ऋतु थापा र प्रकाश पांडे चयन भएका छन्|
कोरियामा सक्रिय रुपमा अगाडी बढेको सामाजिक संस्था पर्बत प्रबाशी समाजका निबर्तमान अध्यक्ष तेजेन्द्र सुबेदीको अध्यक्षता सचिब बिमल गौतमले संचालन गरेको चौथों अधिबेसनको उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई पूर्व अध्यक्ष समेत रहेका तुल बहादुर पुर्जाले मन्तब्यले स्वागत गरेका थिए|समाजको निबर्तमान सचिब बिमल गौतमले सस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो|