राप्ती सम्पर्क मंचको तेस्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा बिर बहादुर वली
सौल –
कोरियाको बिसेष पर्ब सलनालको अवसर पारेर यहि फेब्रुअरी ७ तारिखका दिन राप्ती अंचलका सबै जिल्लाबाट कोरियामा आई विभिन्न क्षेत्रमा रही काम गर्ने महानुभाबहरुको साझा संगठन राप्ती सम्पर्क मंच कोरियाको तेस्रो अधिबेसन मंचका निबर्तमान अध्यक्ष प्रकाश वली को अध्यक्षतामा सम्पन्न भएकोछ| अधिबेसनले बिर बहादुर वलीको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको छ| जसमा बरिष्ठ उपाध्यक्ष निमेष कुमार वली, उपाध्यक्षमा राम कुमार रोका, महासचिब जगदीश महर,सचिब सी.पी वली,सहसचिब गोपाल बोहोरा र कोषाध्यक्षमा यज्ञमुर्ति पोख्रेल चयन भएका छन्| त्यसै गरि सदस्य हरुमा बोम बहादुर अधिकारी,राम चन्द्र बुढा,धन कुमार रोका,दिल बहादुर पुनमगर,धनशुर बुढामगर,होताराम वली,दोर्ण महरा,मिना बटाला यज्ञ राज डाँगी,डम्बर नेपाली बल कुमार केसी र होम कुमार गुरुङ चयन भएका छन्|
अधिबेसनले एक जना संरक्षक सहित १० जना सल्लाकारहरुको पनि चयन गरेको छ| जसमा निबर्तमान अध्यक्ष प्रकाश वलीलाई संरक्षकमा चयन गरिएको छ भने बरिष्ठ सल्लाकारमा शुक थापा र सल्लाहकारहरुमा खगेन्द्र बुढामगर,बलराम पुन ,लाल बहादुर महरा,ददी पोख्रेल,अशोक बुढामगर,बालचन्द्र बुढामगर,बाल कृष्ण शाह (जित),रिम बहादुर के.सी र खड्ग बहादुर डाँगी लाई चयन गरिएको छ|
निबर्तमान कोषाध्यक्ष खड्ग बहादुर डाँगीले प्रगति प्रतिबेदन आर्थिक प्रतिबेदन प्रस्तुत सहित कार्यक्रम संचालन गरेका थिए|