ठकुरी समाज कोरियाको अध्यक्षमा श्रवण कुमार शाही
सौल –
कोरियामा क्रियाशिल जातीय संस्था ठकुरी समाज कोरियाको तेस्रो बार्षिक अधिबेसन यही फेब्रुअरी ९ तारिख सौलमा सम्पन्न भएको छ|ठकुरी समाज कोरियाको निबर्तमान अध्यक्ष सर्बजित शाहको अध्यक्षतामा समाजको संरक्षक छानु चन्दको प्रमुख अतिथ्यमा केन्द्रीय सदस्य रोशन शाहीले संचालन गरेको कार्यक्रममा निवर्तमान ब.उपाध्यक्ष श्रवण कुमार शाहीले मन्तब्यले स्वागत गरेका थिए|अन्य बिशेष अतिथिमा नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष प्रेम कुमार शाह,ठकुरी समाज कोरियाका संस्थापक अध्यक्ष बिक्रम ठकुरी,सुदुर पश्चिम समाजका पूर्व अध्यक्ष शुबाश हमाल, यु मल्ल,सुनिल मल्ल ,कमल बहादुर शाही एबम बिज्ञान हमाल लगायतका अतिथिहरुले अधिबेसनको सफलताको शुभकामना सहित समाजको प्रगति र योगदानको बारेमा चर्चा गरेका थिए|
समाजको तर्फबाट सहभागी भलिबल खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो|अधिबेसनमा संस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गर्दै सर्ब सम्मत रुपमा श्रवण कुमार शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको सर्ब सम्मत रुपमा चयन गरिएको थियो| जसमा बरिष्ठ उपाध्यक्ष कुमार सेन ठकुरी ,उपाध्यक्ष यु मल्ल, उपाध्यक्ष मिठु शाही,उपाध्यक्ष राम उचाई ठकुरी ,महासचिब रोशन शाही,सचिब राजेन्द्र शाही,कोषाध्यक्ष हिमाल शिंह,केन्द्रिय सदस्य उमा बम,सदस्य जिबन चन्द, निरज छन्द,दिनेश सिंह,सदस्य प्रदिप मल्ल रहेका छन्|
नब निर्बाचित पदाधिकारीहरुलाई निर्बाचन मण्डल का संयोजक छानु चन्द ले सपथ ग्रहण गराएका थिए|