कोरियाली प्रायद्धिपमा शीतयुद्ध
सोल-उत्तर कोरियाले आईतबार लामो दुरीको रकेट परिक्षण गरेसंगैं उत्तरपुर्वी एसियामा हाल शीतयुद्धको शुरुवात भएको छ । बुधबार विश्लेषकहरुको अनुसार सोल र वासिंगटनबीचको सैंन्य छलफलले विश्वका शक्ति राष्टहरु विभाजित बन्दैं गएका छन् ।उत्तर कोरियाले समय समयमा शक्तिशाली हतियारको प्रर्दशन गरी विश्वलाई थर्कमान बनाउदैं आएको छ ।
विश्वका शक्ति राष्ट्रहरु दक्षिण कोरिया,अमेरिका,जापान एकापटिट देखिन्छन् भने उत्तर कोरिया, चीन र रसिया एकातिर ।सरसर्ती हेर्दा दुई समुहमा विश्वका शक्ति राष्ट्रहरु विभाजित भएका छन् । दक्षिण कोरिया भने अमेरिकासंग कुराकानी गरी संयुक्त रुपमा मिसाईल प्रतिरक्षा प्रणालीमा सहभागी हुन चाहीरहेको छ । रसिया र चीन भने यसको विरुद्धमा रहदैं आएका छन् ।
विश्लेषकहरु भन्छन् चीन र रसिया आणविक प्रतिरक्षा प्रणालीमा उत्तरकोरियासंग सहभागी हुने दाबी गर्छन् ।उत्तर कोरियाको मिसाईल गतिविधि पत्ता लगाउनका लागि अमेरिकासंग कुरा उठाएको छ ।