भूकम्पले बिलाएकाहरू र बाँचेका हामीहरूको लागि
कविता/
एक अघिजस्तो मात्र लाग्छ
केही पाइलामात्र बढे जस्तो लाग्छ
तिमी र म हिंडेको त्यो बाटोमा
जमिन चिरिएर
घर भत्किएर
दुःखी बिरामी व्यक्तिहरू बाटोमा आएर
पूरै शरीर आकाशलार्इ समपर्ण गरेको भावमा पछारिएका छन्
हिमालयको किल्लामा पनि चिरा परेर
सगरमाथाको हिउँ पग्लिएर झर्दै छ रे
तिमी वा म एक पल्ट मात्र बाँच्ने यो संसारमा
कोही पीडाले चिच्याउँदै
कोही अपरिचत ठाउँमा बास बस्दै
हिमालले पनि सहन नसकेर आशु बगाउँदै छ रे ।
ए दयालु दैव १
नेपाल बनाउने ने मुनि १
उद्दारको लागि कतै छौ कि १
पवित्र महर्षी तिमी १
राहतको लागि कतै छौ कि १
म कतै टाढा कतैबाट
हरे , कुशल होस्
हरे, कुशल होस् भन्दै छु
मेरो कामनाले कसैको पिडामा अलिकति महलम बन्छ भने
कामना गर्दा गर्दै लखतरान परे पनि
एउटा कुशल रातलार्इ जागराम बिताउने कामनामा नै अटल रहूँ
एउटा कुशल रातलार्इ जागराम बिताउने कामनामा नै अटल रहूँ ।
अनुवादः मोहन कार्की