नवयुगको हृयाट्रिकसंगै नेपाल सागको फाईनलमा


सोल – भारतको गुवाहटीमा जारि १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले   माल्दिभ्सलाई ४ -३ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ  । खेलको १५ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । ३६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए |

पहिलो हाफ २ -0 ले पछाडी रहेको माल्दिभ्स दोस्रो हाफमा  लयमा देखियो | माल्दिभ्सले खेलको ५१ औ मिनेट गोल गर्दै गोलको दुरी कम गर्यो | ६५ औँ मिनेटमा नेपालका कमल श्रेष्ठ दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए पछि नेपाल थप दबाबमा पर्यो |

 

 

 

खेलको ८५ औं मिनेटमा माल्दिभ्सले गर्दै २–२ को गर्न सफल भयो । निर्धारित ९० मिनेट समयमा  थप गोल हुन् नसके पछि खेल अतिरिक्त ३० मिनेटको समयमा धकेलियो |
अतिरिक्त समयको २४ औ मिनेटमा माल्दिभ्सले गोल गर्दै अग्रता लिन पुग्यो | थप समयको  २७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाल ३ – ३ को बराबरीमा ल्याउन सफल भए | त्यसको लगत्तै नवयुगले अर्को गोल गर्दै नेपाललाई नाटकीय  जित दिलाए | अब नेपाल भारतसंग फाईनल  खेल्नेछ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...