प्रवासी मजदुर संघ ओसान्-फेन्तेक कमिटिको दोस्रो अधिबेशन हुने
सोल -दक्षिण कोरियामा रहेका मजदुरहरुको एकमात्र संगठन प्रवासी मजदुर संघ (एमटियु ) कोरियाको ओसान फेन्तेक साखा कमिटिको दोस्रो अधिबेशन यही फेब्रुअरी २१ तारिक आईतवार ख्यंगिदो ओसान मजदुर हलमा हुने भएको छ ।
३३ हजार नेपाली मजदुर साथै अन्य १५ मुलुकका लाखौं प्रवासी मजदुरहरुको पक्षमा लड्न सरकारसँग बिभिन्न आन्दोलन , मागका कार्यक्रम गर्दै आएका एमटियु कोरियाको ओसान – फेन्तेक साखा कमिटिको दोस्रो अधिबेशन सलनालमा गर्ने तयारी भएको भएतापनी उपयुक्त समय नमिलेपछी फेब्रुअरी २१ तारिक सारिएको थियो । कोरियाको कम्पनीले दिने मानसिक तथा अन्य बिभिन्न समस्याकै कारण धेरैले आत्महत्या तथा मृत्युको बाटो रोजिरहेका दुखद अवस्थामा दक्षिण कोरियामा हरेक मजदुरहरुले मजदुर अधिकारहरु बुझ्न अत्यन्तै आवश्यक भएको एमटियु अध्यक्ष उदय राईले बताए । मजदुर सम्बन्धी सम्पुर्ण समस्या समाधनको लागी हरेक मजदुरहरु आँफै सगठित हुन संगठन खोज्दै आउनुपर्ने अडान पनि उंहाको रहेको छ ।
ओसान -फेन्तेक आसपासमा रहनु भएका मजदुर साथिहरु यही फेब्रुअरी २१ तारिक अधिबेशनमा उपस्थित भइ संगठित भइ दिनुहुन एमटियुका केन्द्रिय अध्यक्ष उदय राईले अनुरोध गरेका छ्न ।
स्थान : ओसान प्रवासी मजदुर हल (रेल लाईन १ , ओसान स्टेशन गेट न्ं १ )
मिती : फेब्रुअरी २१ ; ठिक २ बजे
सम्पर्क : उदय राई , ०१०-५६७५-२०११
सर्दिप श्रेष्ठ : ०१०-८५८६-२२४३
किरण थापा मगर : ०१०-२१६३-४६९४
रोशन राई : ०१०-७४६०१४२२