श्रम सहचारी गुरुङ सहसचिबमा बढुवा
सोल-नेपाली राजदूतावास दक्षिण कोरियाका श्रम सहचारी अनिलकुमार गुरुङको सहसचिव पदमा बढुवा भएको छ । कोरियामा आफनो कार्यकाल समाप्त गरेर फर्कन लागेका गुरुङ राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा भएका हुन् ।
गुरुङको साथै २१ जना उप सचिवहरुको सहसचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रीपरिषदको हिजोको बैठकले गरेको हो । श्रम मन्त्रालयबाट खटी आएका श्रम सहचारी शगुरुङको पदास्थापना अन्य सहसचिवहरुको साथमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा गरिएको छ ।
गुरुङलाई फोनिज कोरिया डटकम परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ ।