कोरियामा मेरो फरक अनुभूति
कोरियामा आयोजना हुने धेरै कार्यक्रमहरुमा सहभागी हुने अवसर पाएको छ, । कही कतै सांस्कृतिक कार्यक्रम, कतै जातिय तथा कतै राजनैतिक कार्यक्रम । समय भन्दा निकै ढिलो शुरु हुने हामी नेपालीहरुको कार्यक्रमका आयोजक तथा दर्शक सबै करीब करीब चिरपरिचित अनुहारहरु हुन्छन् । तर सलनाल पछिको एक आईतबार भने एउटा फरक कार्यक्रममा सहभागी भई बेग्लै स्वादको आस्वादन गर्ने अवसर जुटेको थियो ।
कार्यक्रम थियो आदिवासी जनजाति पत्रकार महासंघ शाखा, दक्षिण कोरिया, फोनिज डटकम कोरिया तथा पत्रकार महासंघ दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको एक दिने पत्रकारिता तालिम । गत २१ फरवरीमा सोल ग्लोबल सेन्टरमा आयोजित उक्त कार्यक्रम विविध कारणले फरक किसिम तथा फरक उद्येश्यको थियो र यसका सहभागीहरु पनि फरक विचार र विश्वासले कार्यक्रममा भाग लिन आईपुगेका थिए । आश्चर्य लाग्छ कोरियामा हुने कार्यक्रमहरुमा कहिलै नदेखिने अनुहारहरु, गृहुणीहरु समेत उत्सुक्ताका साथ सहभागी हुन आईपुगेका थिए ।
बडो शालिन तथा शान्त रुपमा संचालन भएको कार्यक्रममा नेपालबाट कान्तीपुर दैनिकका क्रियटिभ कोओर्डिनेटर तथा सह सम्पादक अखण्ड भण्डारीबाट कोरियामा रहेका ईच्छुक नेपाली नव पत्रकारहरुलाई एक दिने तालिम प्रदान गरिएको थियो र यो सबैको चाजो पांजो मिलाएका थिए कोरियामा रहेका पत्रकारिता क्षेत्रका एक हस्ती देवेन्द्र सम्बाहम्फेले । सम्बाहम्फेको पत्रकारिता प्रतिको लगन तथा भाषा माथिको पकड, बिषयबस्तुका अध्ययनले संधै मलाई आर्कर्षित गरेको छ । कोरिया र नेपाल बीचको मधुर सम्बन्धमा सम्बाहाम्फेले पत्रकारिताको माध्यमबाट एक पुलको काम गरेका छन् ।
बिहान छोटो तर निकै तिखखर उद्घाटन समारोहमा बागलुङ सम्पर्क समितीका अध्यक्ष यम श्रीसको उदघोषण लोभलाग्दो थियो । हप्ता भरि कम्पनीका कामबाट समय निकालेर भएपनि उपस्थित भएका ४० जना प्रशिक्षार्थीहरुमा नवजोश तथा नव उमंग थियो ।
उद्घाटन सत्रको औपचारिक समापन पछि म करीब ११ बजेतिर बाहिरिए । समापन कार्यक्रममा पनि उपस्थित हुने निम्तोलाई स्वीकारदै म पुनः करीब ५ .३० बजे कार्यक्रम स्थलमा पुग्दा सबैलाई प्रफूल्ल तथा उत्साहित पाए । कोही कसैको अनुहारमा थकान थिएन । दिनभरिको तालिमले सबैमा नयां जोश र उमंग छाएको पाए । कार्यक्रममा जिन्जुबाट आएकी थिइन् नेपाली चेली योगिता गौतम अर्थात किम यु मि | उनि कोरियामा गृहिणीको रुपमा आएकी हुन् | तालिम लीइ सकेपछी उनले पंक्तिकारलाई दिएको अभिव्यक्तिले मेरो मन साच्चै छुन पुग्यो । ‘दाजू साच्चै भन्ने हो भने यो कार्यक्रममा भाग लिएर ६ बर्ष पछि बल्ल मैले ज्ञानको ज्योति देख्न पाए ।’ ले भनिन | त्यो माहोलमा निक्कै प्रफुल्ल देखिएकी योगिताको आखाँ केहि रसाएका थिए |
समाज परिवर्तन गर्ने एउटा आभियानको रुपमा संचालन गरिएको कार्यक्रमको जति प्रंशसा गरे पनि कम हुन्छ । कार्यक्रमका आयोजक, प्रशिक्षक तथा सहभागीहरुमा मेरो साधुवाद ।