उत्तरकोरिया विरुद्ध नाकाबन्दी लगाउनेबारे सुरक्षापरिषदमा मतदान हुने
सोल -उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउने विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मतदान हुदैंछ ।अधिकारीहरुको अनुसार बुधबार बिहान हुने मतदानमा उत्तर कोरियाको विरुद्धमा लगाइने नाकाबन्दीका बारेमा मतदान हुनेछ ।
सो प्रस्ताव उत्तर कोरियका विरुद्धमा लगाइने गरी संयुक्त राज्य अमेरिकाले तयार पारेको हो । उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।उत्तर कोरियामा समुद्रमार्गबाट कुनै पनि रसायनिक तथा अन्य पदार्थ ओसारपसार गर्न रोक लगाउन तयारी गरीरहेको स्रोतको दाबी छ ।
उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेसंगैं अमेरिका चिढिएको थियो ।उत्तर कोरियाले फेब्रुअरी ७ मा नयाँ आणविक परीक्षणस्वरुप लामो दुरीको रकेट परीक्षण गरेको थियो । सुरक्षा परिषदमा १५ सदस्यीय राष्ट्र रहेका छन् ।
संयुक्त राष्ट्रसंघले यसअघि पनि उत्तरलाई धेरै पटकसम्म यस्तो आणविक परीक्षणको काम रोक्न आग्रह गरेको थियो । तर उत्तर कोरियाले छैंठौ पटक आणविक हतियारको परिक्षण गरी सकेको छ ।