जनअधिकार मन्च कोरियाको अन्तरकृया हुने
चुडामणि अधिकारी
सोल-नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओबादिको प्रवास संगठन जन अधिकार मन्च कोरियाले आउदो ६ गते आइतबारको दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ |
नेपाल हाउसको सभा हलमा बिहान १० बजे बाट सुरु गर्ने गरि अन्तरक्रियालाई पार्टी उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य लक्ष्मी लामा र सेक्रेटरी सुसान्त कर्माचार्यले सम्बोधन गर्ने भएका छन् |
अन्तरकृयाको नारा ‘लोकतान्त्रिक संबिधान कार्यन्वयनका लागि सम्पुर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आजको आबश्यकता र समृद्ध राष्ट्र निर्माणमा प्रवासीयका नेपाली हरुको भुमिका’ को रहेछ |
अन्तरकृया कार्यक्रमको आयोजना गरि पत्र पठाउन समय अभाव भएकोले यसै समाचारलाई निमन्त्रणको आधारमानी विभिन्न संघ सस्थाका अतिथी माहानुभावहरु उपस्थित भै दिनु हुन बिनम्र अनुरोध गरिएको छ।
कोरियामा रहेका विभिन्न राजनीतिक दलका भातृ संगठन, क्षेत्रीय, जातिय संघ सस्था, बुद्धिजीवी, व्यावसायि, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणलाई यहि समाचारलाई आधार मानि तोकिएको स्थान र समयमै कार्यक्रममा उपस्थितिको लागि आयोजक जनाधिकार मञ्चले हार्दिक अपिल गरेको छ ।