कोरियन गल्फ खेलाडी लिडियाद्धारा नेपालको भुकम्पडितिलाई सहयोग गर्ने
ऐश्वर्य श्रेष्ठ,सोल- विश्वको नंबर एक खेलाडी १८ बर्षीय कोरियन गल्फ खेलाडी लिडिया कोले आफुले टुर्नामेन्टबाट कमाएको आम्दानी नेपालको भुकम्पपिडितलाई सहयोग गर्ने भएकी छिन् ।
अमेरिकाको टेक्सासमा रहेकी कोले आफनो कमाइ नेपालको भुकम्पपिडितलाई राहत दिने भएकी हुन् ।उनले भनिन् ‘प्राकृतिक प्रकोपको अघि हामीले केही पनि गर्न सक्दैंनौं,नेपालीहरु साह्रैं राम्रा मानिस हुन,ज्यादैं निर्दोष लाग्छ उनीहरु त्यसैंले म मेरो टुर्नामेन्टको आम्दानी नेपाली भुकम्पपिडितको लागि जम्मा गर्न चाहन्छु ।’
उनले टुर्नामन्टको आम्दानी के-कति सहयोग दिने नतोकेपनि कोको आम्दानी कम्तीमा अमेरिकी डलर ९० लाख भन्दा बढी हुन्छ भने यो हप्ताको विजेताले १३ लाख अमेरिकी डलर पाउनेछ ।
त्यसैंगरी कोरियाको एक उद्धार समुह शुक्रबार नेपाल प्रस्थान गरेको छ । ३२ जनाको टोली भक्तपुरको सानो ठिमिस्थित नेपाल कोरिया मैंत्री हस्पिटलमा रहेर काम गर्नेछन् ।