दुई कोरियाले निम्त्याएको युद्धका घाउहरु


अखण्ड भण्डारी,देवेन्द्र सम्बाहाम्फे
दक्षिण कोरियाली आकाशमा केही दिनअघि अनौठा बेलुन उडेका देखिए । ती उत्तर कोरियातिरबाट छिरेका थिए । पारदर्शी ती बेलुनमा अनौठा सामान झल्याकझुलुक देखिए । सर्वसाधारण मात्र होइन, सुरुमा सरकारी अधिकारीहरू नै डराए । उत्तर कोरियाले भर्खरै हाइड्रोजन बम परीक्षण गरेको थियो । कतै उसले बेलुन मार्फत रासायनिक आक्रमण त सुरु गरेन, शंका गरे ।  तर, होइन रहेछ । पछि थाहा भयो, त्यसमा प्रयोग भइसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा पो रहेछन् ।
बेलुनमा टाइमर सेट गरिएको रहेछ । दक्षिण कोरियाली इलाकामा छिरेसँगै त्यो लघु-विस्फोट भए । त्यस लगत्तै बेलुनभित्रका सामानहरू यत्रतत्र फैलिए । जब ती सामान भुइँमा झरे, तब थाहा भयो ती त फोहोर रहेछन् ।  यस्तो ‘प्रोपोगान्डा’ युद्धको सुरुआत भने दक्षिणले नै गरेको थियो । वर्षको सुरुमा उत्तरले हाइड्रोजन बम परीक्षण गरेको घटनालगत्तै जिस्क्याउने शैलीमा दक्षिणले केही बेलुन उडाएर उता पठाएको थियो । तर, उसले भित्र त्यस्ता फोहोर सामान राखेको थिएन ।  उत्तरले सिक्यो, बढ्ता गर्‍यो ।
यस्ता दोहोरीसँगै दक्षिण कोरियामा अचेल एउटा हल्ला निक्कै चल्छ-उत्तरले हान्न लाग्यो रे । पछिल्ला गतिविधिले दक्षिणका सर्वसाधारण झन् त्रस्त छन् । वैदेशिक रोजगारी, अध्ययन वा अन्य सिलसिलामा बसिरहेका नेपालीसहित विदेशीहरू फर्किने कि भन्ने दोधारमा छन् । उनीहरू क्षण-क्षणमा समाचार साइटहरूमा छिर्छन् र अपडेट हुन्छन् ।

 

 

अहिले हामी डीएमजेड (डिमिलिटराइज्ड जोन) मा छौं । यहाँ एउटा धेरै पुरानो रेल छ, जसको जताततै गोलीले छियाछिया पारेको छ । सन् १९५० जुन २५ देखि ३ वर्ष चलेको उत्तर-दक्षिण कोरियाको शीतयुद्धमा यस रेललाई जति गोली लाग्यो, त्यसको कैयौं गुणा सर्वसाधारणलाई लाग्यो । युद्धमा ५० लाख जनाभन्दा बढीको ज्यान गएको थियो ।  ती सबै अस्तित्वविहीन छन् । जीर्ण अस्तित्वमा रहेका भौतिक संरचनामध्ये एउटा यो रेल पनि हो, जुन दुई कोरियाको कहालीलाग्दो युद्धका घाउ शरीरभरि बोकेर उभिएको उभियै छ । कोइलाबाट चलेर धूवाँ फाल्ने परम्परागत यो रेल युद्धको सम्झना बनेर सजिएको छ । उत्तरले सर्वसाधारण लक्षित सुरुतिरै यो आक्रमण गरेको थियो । जसमा रेल मात्र होइन, लिक पनि ध्वस्त पारिएको छ ।  यसको पछिल्तिर करिब २० मिटरमा काँडे तार छ । यही रेल पार भएर यता आउने पुल युद्धमा पूरै भत्काइएको थियो । अर्को काठे पुल तर्ने ठाउँमा ढ्याप्पै ढोका लाइएको छ । त्यहाँ दक्षिण कोरियाका झन्डा फहराइएको छ । दक्षिण कोरियाले नजिकै एउटा भवन बनाएको छ, त्यसको छतमा दूरबिन राखिएका छन् । त्यसमा ५ सय वनको सिक्का खसाएर उत्तरतिरका सैनिक गतिविधि नियाल्न सकिन्छ । युद्धपछि दुई कोरियाको सीमामा तय गरिएको शान्ति क्षेत्र हो डीएमजेड । यो २ सय ५० किलोमिटर लामो र सरदर ४ किलोमिटर चौडा भूभाग हो । यस भूमिमा सैनिक गतिविधि निषेध गर्ने सहमति छ । तर, दुवैतर्फ भित्रभित्रै सुरुङ खनेको, सैनिक क्रियाकलाप गराएको आपसमा आरोप लाग्छ ।

 

 

डीएमजेड इलाकामै पटक-पटक गोली चलाइएका छन्, सयौंको ज्यान गएको छ । दुई कोरियाको सीमा ३८ डिग्री अक्षांश रेखा हो । यसले युरोप, भूमध्यसागर, प्रशान्त महासागर, उत्तर अमेरिका, आन्ध्र महासागरसहित एसियालाई छोएको छ । अक्षांश रेखा ठ्याक्कै पहिचान गर्न नसक्दा पनि दुई कोरियाबीच झगडा चलिरहन्छ । चार किलोमिटर चौडा भूभागलाई सुरक्षित राखेर दुवैले काँडे तार लगाएका छन् । त्यसभित्र हेर्दा बमजस्ता देखिने वस्तुहरू दुवैतिर देखिन्छन् । ती खेतभरि छन् । सैनिक गतिविधि तीव्र छ । वारि-पारि थोरै गतिविधि मात्र हुँदा दुवैतिरका सीमावर्ती आकाशमा सैनिक हेलिकप्टरले गस्ती गरिहाल्छन् ।

 

 

दक्षिण कोरियालीहरूका अनुसार सीमा क्षेत्रबाट धेरै नागरिक बेपत्ता भएका छन् । ‘तिनको तस्बिर राखेको परिचयपत्रजस्तो कार्ड सीमा क्षेत्रमा झुन्ड्याइदिन्छौं,’ ड्युटीमा रहेका एक सैनिक अधिकारीले अनौपचारिक रूपमा भने, ‘तर, कोही फर्किएका छैनन् । कोही भेटिएका छैनन् । पक्कै उताका सैनिकले मारे वा थुनेर राखेका छन् ।’  यता नि ? त्यस्तो हुन्छ कि हुँदैन ? उनले कूटनीतिक उत्तर दिए, ‘हामी त्यो स्तरमा उत्रिंदैनौं । उत्तर कोरियाको भन्दैमा निहत्था सर्वसाधारणको ज्यान लिँदैनौं । युद्धमा आउनेसँग भिड्न तयार छौं । तर, सर्वसाधारण दुवै देशका समान हुन् ।’  उस बेला युद्धमा अमेरिकाले दक्षिणलाई साथ दिएको थियो । अर्कातिर उत्तरलाई मुख्य रूपमा चीनले सघाएको थियो । चीनसँग अर्को कम्युनिस्ट मुलुक रुस गएको थियो ।

 

 

सन् १९१० देखि १९४५ मा दोस्रो विश्वयुद्ध नसकिउन्जेल कोरियामाथि जापानले शासन गरेको थियो । देश स्वतन्त्र भएपछि सन् १९४८ मा दुई कोरियाका अलगअलग सरकार बने । दुवैले आफूलाई वैधानिक घोषणा गरे । र, दुवैले स्थायी सीमा मानेनन् । मिच्न चाहे । फलत: युद्ध भयो । त्यो अझै बेलाबेला बल्झिरहन्छ ।फेरि स्थिति तनावपूर्ण बन्दै गएको छ ।

 

 

लेख्दालेख्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाएको छ । यसलाई अहिलेसम्मकै कडा प्रतिबन्ध भनिएको छ । उत्तरलाई च्यापिरहेको भनिएको चीनले समेत यसमा समर्थन गरेको छ । रुसले पहिल्यै उसको साथ झिकिसकेको छ । संसार आफूविरुद्ध लागेपछि बिच्किएको उत्तरले केही लामा तथा छोटा दूरीका क्षेप्यास्त्र समुद्रमा प्रहार गरेर तागत देखाउन खोजेको छ ।

 

 

दक्षिण कोरियालीहरू कोही यसबाट आतंकित छन् भने कतिपय ‘बलपूर्वक ठेगान लाउनुपर्ने’ आशय व्यक्त गर्छन् ।  ‘विश्वका सबै शक्तिशाली मुलुक उत्तरविरुद्ध लागेका छन् । उसले यो अवस्था अब धेरै थाम्न सक्दैन,’ सोलका श्रमिक ६३ वर्षीय ली याङ बेले भने, ‘किम जोङ उनले आवेशमा आउनु हुँदैन । रुस पनि पहिला कम्युनिस्ट देश हो । अहिले उसले समेत समर्थन गर्दैन । चीनले साथ छोडिसक्यो ।’ दक्षिण कोरियाका शासक पार्क जङ हिले निरंकुश शासन चलाएको र दु:खद अन्त्य भएको प्रसंग जोड्दै उनले भने, ‘मात्तिनेको दिन पुग्छ । उत्तरको व्यवहार देखेर हामी दिक्क र आक्रोशमा छौं ।’

 

 

दुई कोरियाबीच एकीकरण हुनुपर्छ भन्ने कतियय दक्षिणवालाको चाहना छ । केहीले शक्ति राष्ट्रहरूसँग मिलेर उत्तरमाथि जाइलाग्नुपर्छ भन्ने भनाइ राखेका छन् । ‘तर यी दुवै कुरा सहज छैनन् । दुई देशको एकीकरण केही शक्ति राष्ट्रले पनि चाहँदैनन् । गाह्रो कामसमेत हो । उत्तरसँग आणविक हतियार त छ तर भौतिक पूर्वाधारको विकास भएको छैन । आय पनि धेरै गुणाले असमान छ’, उद्योगी ली साङ योङले भने, ‘एकीकरणपछि समान विकास हुनुपर्‍यो । त्यसका लागि दक्षिणका जनताले ठूलो त्याग र जोखिम मोल्नुपर्छ ।

 

 

अर्कातर्फ उत्तरले पनि एकीकरण चाहँदैन । किनभने उसको नाम कम्युनिस्ट भए पनि शासनसत्ता राजतन्त्र सरह चलिरहेको छ । उत्तरका शासकहरू यो क्रमलाई भंग गर्न पक्कै चाँहदैनन् ।’ उनले थपे, ‘जनतालाई केही गरेकै छ भन्ने भ्रम छर्न क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्छ । क्षेप्यास्त्र बनाउने खर्चले जनताको आशा र खुसी भर्ने काम गरे राम्रो हुन्थ्यो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...