एन सि सि कोरियाको महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ
सौल –
दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक एवं संघ संस्थाहरुको छाता संगठन “नेपाली सम्पर्क समिति”को महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ लाई पदस्थापन गरिएको छ । एनसिसिको १५ अौ अधिवेशनबाट निर्वाचित महासचिव शान्ति लामाको राजीनामा पश्चात् लामो समय रिक्त रहेको महासचिव पदमा सचिवलाई र सचिवको रिक्त पदमा सदस्यलाई सर्वसम्मत चुनिएको हो ।
अध्यक्ष प्रेम कुमार शाहको अध्यक्षतामा संस्थाको कार्यालय दोंग्देमुनमा वैठक वसि पदाधिकारी तथा सदस्यहरूको सर्व सहमतिमा सो निर्णय गरिएको हो । संस्थाको अध्यक्ष प्रेम कुमार शाह, वरिष्ठ उपाध्यक्ष अन्जु केसि उपाध्यक्ष जित बहादुर गुरूङ र वैठकमा उपस्थित सदस्यहरूले महासचिव र सचिवलाई खादा ओढाइ बधाई तथा शुभकामना दिएका थिए।