बेलायती राजकुमार विलियम दूतवासमा
फोनिजकोरिया संवाददाता, बेलायत
बेलायती राजकुमार विलियम शुक्रवार बिहान हिंडेरै लन्डनस्थित नेपाली दूतावास छिरे त्यो पनि सर्वसाधारणको भेषमा । न त्यहां अघि पछि पर्याप्त सुरक्षाकर्मी थिए, न अन्य सुरक्षा व्यवस्था । केवल साथमा थिए सिभिल एकजना प्रहरी अधिकृत, एकजना फोटोग्राफर र पीए ।
‘नमस्ते म विलियम’, बिहान ९.३० बजे केन्जिङ्टन प्यालेसस्थित नेपाली दूतावास भवन पुग्ने वित्तिकै डुक अफ क्याम्ब्रीज विलियमले दूतावास कर्मचारीहरुलाई नेपालीमै अभिवादन गरे । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्दै बस्न अफर गरे । चिया पिउन क्षेत्रीले गरेको अफरमा भने विलियमले छोरासित भर्खर ब्रेकफाष्ट खाएको भन्दै चिया पिउन मानेनन् । त्यसपछि उनले नेपालमा गएको महाभूकम्प र यसले पारेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत समाग्री वितरण अन्तर्राष्ट्रिय समुदायको सहयोगबारे जिज्ञासा राखेका थिए । पछि विलियमले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर समेत गरे । लन्डनको मुटु केन्जिङ्टन प्यालेस गार्डेन्स्मा अवस्थित निवासबाट पैदल हिंडर बिहान ९.३० बजे दूतावास छिरेका विलियम १५ मिनेटर बसेर नेपालीमै धन्यवाद भन्दै बाहिरिएको दूतावास श्रोतले उल्लेख गरेको छ ।