लाश र राहत माथि राजनिति नगर सरकार
सोल-यति ठुलो पीडा देशले पहिलो पटक भोगेको छ ।
देश र नागरिकले सुख र शान्ति कहिल्यै पाएनन् ।अभागि हामी नेपाली सधै आसु वेदना र अभावमा नै बांच्यौ यति हुदाहुँदै पनि हामीले मर्न पनि सुखले पाएनौ ।
देशमा चरम पीडा छ तर उपयुक्त सामाग्रि र यातायातका अभावमा ग्रामिण भेगमा उद्दार कठिनाइ छ । जता हेर्यौ त्यता चीत्कार मात्रै छ । तर सरकार कता छ कुनै अनुभुति छैन ।सरकार प्रमुखहरु र मन्त्रीहरु आफु आफ्ना आफन्त बाचेको खुसीयाली मनाउदै छन् । नत प्रधानमन्त्री कुनै जिल्ला पुगेका छन । नत अन्य अधिकांस मन्त्री नै जनता माझ पुगेका छन ।
नागरिकको पीडा कति छ भनेर लखटिएका मन्त्री लेखराजलार्इ हेरे पुग्छ । आपत्ति निकै कठिन र थाम्न नसक्ने खालको छ,यो सबैले बुझेको बिषय हो । सरकार निरीह छ यो पनि बुझेको बिषय हो तर सरकारले आफ्नो सामान्य ताकत र भुमिका पनि निर्वाह गर्न सकेन । देशभरको यति ठुलो संकटमा सरकारको जति भुमिका हुनुपर्ने हो त्यो हुन सकेन । भत्किएका घरमा च्यापिएर मान्छे चिच्याइरहेछन तर उद्दार गर्ने कोहि छैन । सेना प्रहरी लागि परेका छन तर सरकारले सहि रुपमा परिचालन गर्न सकेको छैन । ठाउँ अनुसार विभेद गरेको आरोप लगाएका छन यो धेरैतिरको गुनासो हो ।के यहि हो सरकारको भुमिका ?
विपत्ति जन्ति लिएर र बाजा लिएर बजाउदै निम्तो दिएर आउदैन ।तर विपत्तिपछि बजिरहेको पिडाको धुन मत्थर पार्न सरकार शुन्य प्रतिशत पनि सफल भएन । एउटा शासनको नेतृत्व भौतिक रुपमा उपस्थित भएर एउटा आंट दिन सक्नु पर्थ्यो धैर्य गर्नुस ,आपत्तिको सामाना गर्न हामी वीर गोर्खालीका सन्तान हतोत्साहि हुनु हुन्न ।सायद वीर गोर्खालिका सन्तान सहेकै थिए अझै सहन्थे हासि हासि ।
खै त्यो आट, जसलार्इ परिवार आफन्त , सारा जिन्दगि गुमेको अबस्थामा आट दिने दरिलो भाषा सम्म खर्चिन सकेनन । एउटा अभिभावकले पिडामा बोल्ने भाषा के हो यो देशका प्रधानमन्त्री ,यो देशका मन्त्रीलाई ट्युसन पढाउनु पर्नेभो किनकि सरकारले केही नगर्दा पनि मेरो सरकार छ भन्ने आशाको दियो जलाएका नागरिकको आशाको दियो निभायो सरकारले । सबै तिर उद्दार र सहयोग गर्न तत्काल सकिने अबस्था थिएन ,कठिन थियो अबस्था तर सरकार यसरी हतोत्साहि र निरीह हुनु न्युनतम आशा जगाउने खालको अभिनय सम्म भएन । त्रसिद र भयावह अबस्थामा रहेका नेपालीलाइै एउटा भरपर्दो आदेश र सान्त्वनाको अभाव खाना ,उद्दार र त्रिपाल भन्दा धेरै खड्किएको बिषय हो ।
१९९० बेहोरेको नेपाल ले के केही थाहा पाएको थिएन त भुकुम्पबाट ? त्यो समयको अनुभवको एक हदसम्म केही प्रयोग गर्न सकेन । सरकारले चाहेमा हरेकको घरघरमा खान तलासी र नागरिक पक्राउ गर्न सक्छ। के चाउचाउ ,पानी र चामलका गोदाम छापा हान्न सक्दैन ? लाखौ जनता सडक र आन्दोलनमा उतार्न सक्ने दलहरुले ब्यवस्थित रुपमा परिचालन गर्न सक्थे हुन त धेरैका घर आफन्त गुमेका छन तर पनि उपलब्ध भएका साधन सहि र प्रभावकारि अनि दलभित्र एक भएर प्रयोग गर्न सक्ने थियो । यस्तो परिस्थितिमा उसले सबै आफ्ना निजामती कर्मचारिको सेवा तलब सुविदा प्रयोग गर्नमा,मन्त्री ,सासद सबैलाई देशको बिपतमा सघाउन खटाउन सक्थ्यौ । जिल्लामा भुकम्पको बढि प्रभाव छ,प्रभाव कम भएका अन्य जिल्लासंग खाद्यन्न,पानी र अन्य कुरा साटफेर गर्न के उसले आदेश दिन सक्ने थिएन । तर गृह मन्त्री फ्याउसे थुतुनो फालेर अह केही गर्न सकिन्न , चाउचाउ पाईएन त्रिपाल पाइएन भन्दै ,पत्रकारसंगको कुराकानीमा पत्रकारलार्इ नै कोपर्लान जस्तो गर्दै थिए के यस्तै हुन देशका गृह मन्त्रीको प्रस्तुति । निकै पीडा बोध भो । के सरकारसंग खाद्यसस्थान फ्याक्ट्रि र काला बजारिको गोदाम नियन्त्रण गरि नागरिकलाइ दिने क्षमता छैन ?
सरकारि समाचार र सुचना भन्दा निजि संचार माध्यम ,पत्रकार र समाचारले भुमिका खेले,केहिले नचाईदो भ्रम पनि छरे तर सरकारि आधिकारिक सुचनाको महत्व के हो भन्ने कुरा सरकारमा सम्बद्द मन्त्रीलाइ नै थाहा रहेनछ ।अमेरिका सिएएन,बिबसि र भारतिय मिडियाले समाचार प्रकाशन र प्रशारण गरेपछि बल्ल सरकारले घटना थाहा पाउछ कस्तो बिडम्बना हामिलाइ नेपाली सरकारि सुचना भन्दा भारतिय मिडियाको समचार आधिकारिक हो भनेर मान्नु पर्यो र मानियो पनि ।
अघिपछि सडकभरि छरपस्ट जता जादा पनि ठोक्किने सभाषद ६०१ लाई मात्र ६० जनाका दरले अति प्रभावित १० ठाउमा घटाएको भए के हुन्थ्यो । नागरिकले सन्तोष मान्थे गरेकै हुन बिचरा आफुले भ्याएसम्म भएन त के गरुन् भन्दै मन बुझाउथे सासदको काखमा रोएर दुख विर्सन्थे । पीडा र कठिन अबस्थामा कता लुक्ने तर पाच छ दिनपछि सडकमा निस्कने मन्त्रि र सभाषदलार्इ नलखटे के मखमली फुलले पुज्छन त?
घर परिवार गुमाएर साथमा सुको नभएका पिडित जनता दाहसंस्कारका लागि कात्रो र लास जलाउने सलार्इ किन्न नसक्ने अवस्था भन्दा को पिडादायि ,दुखद के बन्न सक्छ ? सबै ठाउमा सरकार जान र सबै ठाउमा सरकारले सबै गर्न सक्दैन तर सरकारले सहि रुपमा भएको क्षमता प्रयाोग गर्न नसक्नु र पाच छ दिन सम्म पनि उद्दार नभएर तड्पि तड्पि मर्ने नागरिको मृत्युलाइ सरकारले हत्या गरे सरह हो । यसको जिम्मेवार सरकार र मन्त्रीले लिनुपर्छ । हामिले सुनेका छौं संसारभरबाट सहयोगको लस्कर लागेको छ ।
दुखद कुरा पाल टेन्ट र सहयोग रकम कतै थुप्रिएको छ । विदेशि सहयोग सहि परचालन गर्ने हो भने प्रति परिवार लाखौका रकम वितरण गर्न सकिन्थ्यो तर बितरणका लागि कांग्रेस एमाले सयुक्त सरकारको आफ्ना तकाइ र अल्झन र राजनैतिक स्वार्थ र दाउपेज अघि सरे । पाल दिन,चाउचाउ दिन ठाउँ क्षेत्र राजनिति यावत कुराको जोड घटाउ भयो । जसको कारण सहज बन्न सकेन उद्दार र ,राहत । कतिसम्म निच काम गरियो भने फरक बिचार र सरकार बाहिराका दलबाट प्रत्यक्ष जितेका ठाउँ र क्षेत्रलाइ सरकारले उपेक्षा गर्यौ ।
जहाँ कतिपय नेताले आफ्नै तागत र पहलमा एकल रुपमा उद्दार गरे । सायद यति सम्म निच र अमानविय ,रहेछन नेपालका नेता भन्ने पुष्टि भो जसले ,यस्तो विपतमा पनि ,राहत र नागरिक उद्दारमा बिभेद सहित राजनिति गरे।
,राहत काठमाण्डौ त्यहि पनि कर्मचारिका आफन्तलाई टेलिफोनमा सोधि सोधि बितरण भए । यदि उच्च नेतृत्वहरुका सबै परिवार र घरवार नष्ट भएको भए के यस्तै हुन्थ्यो चाल ?राहत माथिको घोटला र गिद्दे नजर अबको घटिया र निच हर्कत कसरी हेर्ने होला । न्युनतम मानविय संवेदनासमेत मन्त्री र सरकार अनि नेतृत्वको देखिएन । यो कस्तो ढुंगे मुटु वालाबाट शाषित देशका नागरिक रहेछौ हामी छाति फुलेर आउछ ।
जनताको लास माटो मै कुहाएर राहत माथि राजनिति गर्नेलाई साच्चै ती परिवार गुमाएका परिवारजन , आफ्ना अभिभावक गुमाएका ४ महिनाका नानिको श्राप लाग्नेछ ।
रेडियो,टिभि र पत्रकारले मान्छे छटपटि रहेको चिच्याहट देखाएको छ । आफन्तको लास झम्टि झम्टि रुदै गर्दा पाच दिन बिते तर उनिहरुलार्इ सान्त्वना दिने आवाज र पानी दिने कोहि छैनन तर सरकारि कर्मचारि र मन्त्री भुकम्पले ढालेका एेतिहासिक चिज र इट्टा चोर्नमा व्यस्त छन । अब कसरी राहतलाइ आफु र दल अनुकुल बनाउने नया कार्यपत्र तयार पार्दै छन ।
आफन्त गुमाए पनि सान्त्वना दिने एउटा आवाज दिन सकेको भए धेरै मन बुज्थ्यौ होला । यति सम्म कि सरका,ले मरेका नागरिकको लास बिबरण समेत सहि दिन सकेन ।
यो बेला राजनिति र सिद्दान्त अनि एक अर्को दलको जुँगा तान्ने समय थिएन । एक भएर देशको बिपत्ति टार्नु पर्ने थियो र सरकारले सबैलाई आव्हान , संयोजन सहित जिम्मेवारि दिन सक्ने थियो तर सकेन । नागरिक मरेको हेरेर सार्वजनिक ,रुपमा कुन चाहिँ नेता रोए हरुरु नागरिक मरेर पाएको ,राहत अनि मरेका लास माथि राजनिति नगर । आफन्त र शत्तिका नजिकका मतियारलाइ,राहतका व्यापारी अनि काला बजारिलाइ अिली भुकम्प पिडित बनाएर त्यसै निरिह अनि भुकम्पले अझै चिरा पारेको मुटु लिएर मर्दै प्राण धानेका पिडितलाई अर्को चोट नदियोस । अब बढि भो लास माथि ,राजनिति नगर ।