नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित
होम कार्की
दोहा-जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित भएको छ ।
कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।
त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।
खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरिया २-१ ले अगाडि हुन पुग्यो । दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले जाली चुमेपछि बराबरी हुन पुग्यो । ५१ औं मिनेटमा अर्जुन सुब्बाले गोल गर्न सफल भए ।
७१ औं मिनेटमा अमिरको पासलाई प्रकास गिरीले सदुपयोग गर्दै सुन्दर गोल हुदा नेपाल ४-२ ले सहज जितेको हो ।
खेल अबधीभर बल नेपाली खेलाडीको पकडमा थियो । नेपालले यसअघि जापानलाई २-०ले हराएको थियो । अर्को खेल मार्च २४ मा फिलिपिन्ससँग हुदैछ ।
प्रतियोगितामा नेपाल सहित जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया र जापानको सहभागी छ ।-कान्तिपुर