कोरियाको दर्जनौ संस्था मध्ये एक अलग संस्था ‘सेवक नेपाल ‘
सोल – कोरियामा नेपालीको संख्या बढेसंगै विभिन्न क्षेत्रीय . दलिय , जातिय , अन्य गरि ६ दर्जन भन्दा बढी संघ संस्था खोलिएका छन् | सबै संस्थाका आ-आफ्नै उदेश्य छन् | यस्तै फरक उदेश्य साथ खोलिएको संस्थाको नाम हो सेवक नेपाल |
अनाथ र सडक बालबालिका लागि खोलिएको यस संस्था २० जून २०१३ मा बुद्ध गौतम , अर्जुन भुसाल , शिव प्रसाद भट्ट , हरिशरण न्यौपाने , कल्पना राई , गंगा पौडेल , धर्म राज जोशी , तोयानाथ चौलागाई , जनार्दन तिमल्सिन , टंकराज खड्का र उपेन्द्र अर्यालले गठन गरेका थिए | अहिले यस संस्थाको अभियान्ताहरु ६ दर्जन भन्दा बढीको संख्या पुगी सकेको छ र थपिने क्रम जारि छ |
अहिले यस संस्थाका अभिन्यान्ताहरु कोरियामा मात्र नभएर ईजरायल , साउदी अरबिया , अमेरिका , मलेसिया , अष्ट्रेलिया लगायतका देशमा समेत छन | केही बर्ष भित्र नै आफ्नै सेल्टर खोलेर अनाथ बालबालिकालाई शिक्षा दीक्षा दिने उदेश्य राखेको संस्थाले अहिले रामेछापमा- ४ जना , सप्तरीमा- ४ जना , काभ्रेमा- २ जना , ईलाममा- २ जना , ओखलदुङ्गामा- २ जना र म्याग्दीमा १ जना अनाथ बालबालिकाहरुलाई उनीहरुको आफन्तको संरक्षणमा शिक्षा दीक्षाको सम्पूर्ण जिम्मा लिएर पढाई रहेको छ |
नेपालमा समेत दर्ता गरेर बैधानिक रुपमा चलाईएको यो संस्था कुनै NGO/INGO पनि हैनौ र कसैको निजि सहयोगबाट चलेका पनि छैनौ, हामी आफु-आफैबाट हरेक महिनै पिच्छे सहयोग छुत्तायर अभियान संचालन गर्दै आइरहेकाछौ र निरन्तर यसै गरिरहनेछौ र यसरी यो संस्था चल्ने संस्थापक अभियान्ता बुद्ध गौतम बताउछन | उनले थपे यस संस्थामा स्वच्छ मनले आउन चाहने सबै नेपाली दाजुभाई , दिदीबहिनीहरुलाई सधै ढोका खुला रहेको र कुनै पद या सम्मानको आस गरेर संस्थामा नआउन आग्रह गरे |
यो एक नितान्त सामाजिक भाव र उदेश्य राखेर खोलेको संस्था हुदा निश्वार्थ भाव राखेर आउन अर्का एक अभियान्ताले बताए | आफ्नो छरछिमेकमा कोही अनाथ बालबालिका भए संस्थाले जानकारी दिन आग्रह गरेको छ | संस्थाको बारेमा थप जानकारी लिन या बुझ्नको लागि www.sewaknepal.org मा हेर्न सक्नु या [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ |