साथी गुमाउदाको पीडा
बिजय पौडेल
दिन भरी डिउटीमा ब्यस्त भइयो | आफ्नो त डिउटी आवोरमा मोबाइल चलाउन पनि पाउने हैन | १२ बजे खाना खाने रेस्ट टाईममा खाना खाए लगत्तै झपक्क निद्रा लाग्यो आधा घन्टा भए पनि निदाएछु ।काम ब्यस्तै थियो दुई घन्टा ओटि गरेर फर्किदा सबा दस ,(सिक्ताङ )रेस्टुरेन्टमा खाना खान छिरेर खाना खादै मोबाइल हेर्दै गर्दा तीन चार जना गाउकै साथीहरुको फोन आएर मिसकल बसेको रैछ खाना खाएर फोन गर्नु पर्ला सोच्दै फेसबुक खोल्या यता बिस्तारै खाना पनि खादै थिया ।
एक्कासी फोनिज कोरियाको समाचार माथी आँखा पुगेछ कोरियामा एक नेपालीको झुन्डियर मृतु मन झसङग भयो समाचार खोल्या पन्चमुल तीनका गणेश चापागाई चलाउदै गरेको मोबाइल भुइमा खस्यो कता कता आफैलाइ बेसुर भए जस्तो लाग्यो | खाना खादै गरेको थाल त्यसै छाडेर मोबाइल टिपेर बाहिर निस्किए |
विश्वास नै लागेन एक हप्ता अगाडि भिडियो कलामा एक घन्टा कुरा गरेको साथी प्रेमलाई फोन गर्या उ पनि निराश बोलिका साथ हेरन हाम्रो साथीले यस्तो गरेछ भन्यो | त्यो भन्दा बढी न उ बोल्न सक्यो न मेरो बोली आयो | कोठामा गए एक छिन ढोका थुनेर रोए एक छिन पछि दिउँसो मलाइ कल गर्ने गाउका दा हरुलाई फोन घुमाए सबैको एउटै बोली हेरन प्रेम गणेशले के गर्यो मलाइ विश्वास नै लागेन मलाइ नै सम्झाउने साथीले आत्महत्या गर्यो भनेर |
बिश्वास नगरेर के गर्नु जुन यथार्थ थियो ।घरतिरबाट आफन्तहरुबाट ,कोरियामा भएका साथीहरुबाट फोन आई रह्यो | निराश र पीडाका साथ सबैसंग कुराकानी भईरह्यो | रातीको दुई बजि सकेछ | बिस्तारामा पल्टिए मनभरी कुरा खेलिरह्यो | नेपाल छदा संग संगै पढ्यौ ,सगै khelyau कोरिया पहिला उसको नाम आयो काम पनि राम्रै छ दाम पनि राम्रै छ भन्थ्यो |
उसकै हौसलाले छिटो जाम र छिटो कमाउ लाग्थ्यो | कोरिया आए पछी कामcमै ब्यस्त भइयो र पनि फुर्सदमा हामी एक अर्कामा कुराकानी गरेर बिताउथ्यौ | पट्क्क निद्रा लागेन बिहानको पाच बजिसकेछ दिन भरीको थकान मनभरीको पीडा अनि भोको पेट आमालाई सम्झिए अनुहार निलो बनाउदा अनि खादै गरेको भात फालेर हिडदा के भयो बाबू भन्दै आउनु हुन्थ्यो सम्झिया कसलाई के मतलब यहि हो बिदेश |
कोल्टे फेर्दा फेर्दै बिहानको सात बजि सक्यो डिउटी जानू पर्ने साहुसंग गएर कुरा गरे | आज काम गर्न सक्दिन ।लाग्यो एक मनले लास नै भए पनि हेर्न जान्छु अनि सोचे चार घन्टा को बाटो आफुलाइ भाषा आउदैन | गएर पनि के गर्नु लास हस्पिटलमा होला देख्न त नपाउला दिन भरी यत्तिकै कोठामा पल्टिएर बिताए | अनि सोचे मलाई त यस्तो भाको छ | परिवार लाई कस्तो भाको होला ?
हेर साथी यो तितो यथार्थ हो हामी दुर्घटना भए पछि मात्रै पछुताउछौ | पहिला वास्तविक यथार्थता नबुझी हाम फाल्छौ नेपालबाट देखेजस्तो सजिलो कहाँ छ र कोरिया महिनाको डेड ,दुई लाख कमाउन |म पनि रोएको छु धेरैपटक | यहाको थ्री डि साहुको गाली अनि गर्मीमा ३४ डिग्रीको गर्मीमा ५० डिग्रीको मेसिनको तापमा होस् या जाडोमा मुटु नै कमाउने जाडो माईनस १८ मा १५ घन्टा काम त्यो पनि (पाल्ली पाल्ली ) छिटो छिटो गर्दा ।
त्यसैले साथी बुझेर मात्रै आउ कोरिया नेपालबाट देखेजस्तो सजिलो छैन | दरिलो मन बनाएर आउ समस्यासगै सामधान पनि छन | सके ४ बर्ष १० महिना बसेर फर्कौला नसके जति सकिन्छ त्यति नै गर्छु नेपाल फर्कनु पर्छ । अनि आदरणीय अभिभावक महोदय तपाईंहरुले छिमेकीको छोर ले कोरियामा गएर घडेरी किनेको देखेर जबर्जस्ती आफ्नो छोरालाई कोरिया जान किन दबाब दिनुहुन्छ ? अनि छिमेकीको छोराले बङुर पालन गर्दा किन नाक खुम्च्याउनु हुन्छ ?
नेपालबाट हेर्दा जस्तो सजिलो छैन यहाँ मेरो एउटा साथी छ उ अघिल्लो महिना लगातार नाईट डिउटी गरेर ३५ लाख कोरियन वन कमाएछ अनि नेपाल ३ लाख नेपाली पठाएछ अर्को महिना उसले नर्मल काम गरेर २५ लाख कोरियन वन थाप्यो अनि २ लाख नेपाली पठायो | घरबाट कराउन सुरु भएछ एक लाख कता लगिस त कमाउन गएको कि रमाउन गएको भनेर | कृपया अभिभावक महोदय तेरो यो साथिले यति कमायो यति पठायो भनेर तुलना नगर्दिनुस यहाँ विवसता फरक छ |
कोरिया आएर दु:ख गर्नुलाई प्रतिस्ठाको बिषय पनि नबनाइ दिनुस अनि आईफोन र ग्यलेक्सी नोट अर्डर गर्ने परिवारका सदस्यहरुले पहिला यो सोच्नुस तपाइले अर्डर गरेको मोबाईल उसले लिने हिम्मत गरेको छ कि छैन भनेर कतै तपाईको ब्यबहारले गर्दा त तपाइको कोरियामा रहेको परिवारको सदस्यलाई तनाब त भएको छैन |त्यसो त मुख्य कुरा आफूमा पनि भर पर्ने कुरा हो र पनि कतिपय आत्मबल कमजोर हुने साथीहरुलाई कामको तनाबसगै सानो सानो कुराले पनि असर गरेको हुन सक्छ एक पट्क सोच्ने कि ?
कुरा गणेश चापागाईको मात्रै हैन उनी जस्तै दर्जनौ नेपाली साथिहरुले यसरिनै झुन्डिएर आत्महत्य गरी सकेका छन त्यसो त सपना ठुला देख्ने अपेक्षा धेरै गर्ने परिणाम न्यून हुदा खिन्नता बढ्नु स्वभाबिकै हो तर परिस्थितीलाई पनि स्विकार्न जरुरी छ् र अन्त्यमा कोरियामा धेरै नेपाली सामाजिक संघ संस्थाहरु छ्न हो ती सबै सस्थाहरुको एउटै नारा हो नेपालीहरुको समस्यामा सहयोग गर्नु नेपालीको हितमा काम गर्नु म सम्मान गर्न चाहन्छु तपाईहरुले गर्नु भएका हरेक सकारात्मक काम प्रती र आगामी दिनहरुमा कोरियामा दिनहु जसो बढ्दै गइरहेको डिप्रेशन अनि लगातारका आत्महत्याका घटनाहरुलाई मध्यनजर गरि कसरि यस्ता घटनाहरुलाई कम गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न परामर्श तथा छलफल जस्ता कार्यक्रममा चासो देखाइ दिए राम्रो हुन्थ्यो कि ?