थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा प्रतियोगितात्मक आर्चरी खेलको आयोजना गर्ने
सौल –
थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) मा थकालीहरुको प्रमुख खेल आर्चरी (तारा खेल) प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको छ । रोजगार तथा ब्यबसायको लागि कोरियामा कार्यरत आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागेको हो । आयोजनामा ३० देखि ४५ मिटर सम्मको दूरीमा नेपालबाटै ल्याईएको धनुष बाण प्रयोग गरि नेपालका चर्चित आर्चरी खेलाडीहरुले प्रतिष्प्रधा गर्ने बताइएको छ । राजधानी सउलको मोकदोङ स्थित मोकदोङ याङगुङ जाङमा सम्पन्न हुने प्रतिष्प्रर्धात्मक तारा खेलमा संस्थागत र ब्यक्तिगत प्रतिष्प्रर्धा हुने थकाली समाज कोरियाका अध्यक्ष भरत तुलाचनले फोनिज कोरियालाई बताएका छन् ।
मार्च २७ तारिख आयोजना हुने प्रतिष्प्रर्धात्मक तारा खेलमा सहभागि हुन मार्च २० तारिख सम्म खेलाडी नामावलि बिबरण दर्ता गराई सक्नु पर्ने छ । प्रतिष्प्रर्धामा प्रथम ,द्दितिय र तिर्तिय हुने टीमलाई कप,प्रमाण पत्र तथा आकर्षक नगद पुरस्कारको ब्यबस्था गरिएको छ भने एकल प्रतिष्प्रर्धामा प्रथम ,द्दितिय र तिर्तिय हुने टीमलाई समेत कप,प्रमाण पत्र तथा आकर्षक नगद पुरस्कार प्रदान गरिने छ । थसेस कोरियाले पहिलो पल्ट आयोजना गर्न लागेकोमा सहभागिता जनाई दिनु हुन कोरियामा कृयाशील संघ संस्थाहरु तथा ब्यक्ति बिशेषहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
थप जानाकारीको लागि :
भरत तुलाचन (अध्यक्ष) ०१० ३५९० ८४१०
लोकेन्द्र भट्टचन (उपाध्यक्ष) ०१० ३२१२ २०३३
जुना ज्जारचन ( उपाध्यक्ष) ०१० ३३१४ ५७७३
सुदन ज्वारचन (सचिव) ०१० ४८०५ ७६१३
भक्त सेरचन (संरक्षक) ०१० २६७२ ९५७६
दिनेश हिराचन (सल्लाहकार) ०१० ८७४१ ७६१३
सगुन भट्टचन (सल्लाहकार) ०१० ८८४९ ४४६१