अब नेपाल रेमिटबाट पैंसा पठाउन सकिने
दक्षिण कोरियामा हुन्डी ठगी गर्ने नेपालीहरु बढ्दै गएका छन् । दक्षिण कोरिया बाट बैधानिक रुपमा नेपालमा पैसा पठाउन सकिन्छ तर ब्यांकका विधि विधानहरुलाई मान्न पर्ने भएको ले नेपालीहरुले हुण्डी मार्फत सो कारोबार गर्ने गर्छन् ।
हुण्डीकै कारोवार मार्फत सोगेन्द्र घले नामका एक नेपालीले ३ करोड ठगि गरेपछि हुण्डीबाट पैसा पठाउने गरेका नेपालीहरु शसंकित भएका छन्।केहि समय अघि दक्षिण कोरियाली सरकारले वित्तीय कारोबारको लागि रेमिट कारोवार गर्ने अनुमति दिए संगै नेपाल रेमिटले पनि कोरियामा आफ्नो कारोवार सुरु गरेको छ ।दक्षिण कोरियाको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंकसंगको अनुमतिमा पेगेट लिमिटेडसंग सहकार्य नेपाल रेमिटले कोरियाबाट पहिलो पटक सो सेवा सुचारु गरेको हो |
के हो नेपाल रेमिट?
विश्वभर छरीएर बसेका नेपालीहरुका लागी सरल, सुरक्षित तथा वैधानिक माध्मयम बाट विदेशबाट नेपालमा पैसा पठाउन स्थापना भएको हो । नेपालमा विगतमा १० वर्ष देखि मनि ट्रान्सफरको क्षेत्रमा विश्वनीय सेवा पुयाईरहेको छ । नेपाल रेमिट बाट पठाएको रकम नेपाल को कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो वा आफ्नो परिवारको खातामा सिधै जम्मा गर्न सकिन्छ, साथै नेपाल भर रहेका २००० भन्दा बढी शाखा को संजाल मार्फ़त अत्यन्त शीघ्रताको साथ सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।
नेपाल रेमिटबाट पैसा कसरि पठाउने ?
नेपाल रेमिटको वेबसाईट www.nepalremit.com/korea वाट मेम्बर रजिस्ट्रेसन फार्म डाउनलोड गरि आफ्नो एलीएन (Alien Card) को फोटो कपी (अगाडी र पछाड़ी) र passport को फोटोकपी सहीत Paygate Ltd. को ठेगाना PAYGATE LTD., 2F, Seokchonhosu-Ro 258, Songpa-Gu, Seoul 138-848 वा फ्याक्स न. 070-8228-7161 वा स्क्यान गरेर इमेल – [email protected] मा पठाएर सुविधा प्राप्त गर्न सकिन्छ ।
त्यसको लागि एलीएन कार्डमा तपाईको भिजाको अवधि सकिएको हुनु भने हुँदैन । सो फर्ममा नेपालमा पैसा पाउने व्यक्ति वा बैंक खाताको यथार्थ विवरण उल्लेख गर्नुपर्दछ ।
नेपाल रेमिटले तपाईको ठेगानामा अन्य जानकारी सहित Membership Card र १४ अंकको MEMBERSHIP VIRTUAL बैंक खाता नम्बरबारे जानकारी गराउने छ ।उक्त कार्डमा IBK बैंकको १४ अंकको MEMBERSHIP VIRTUAL बैंक खाता नम्बर हुनेछ ।उक्त खाता नम्बर तपाईको मात्रै हुनेछ| बैंक खातामा कुनै पनि बैंकको शाखा वा ATM प्रयोग गरि पठाउन चाहेको रकम र पठाउँदा लाग्ने सेवा शुल्क थप गरी एकमुष्ट पठाउन सकिन्छ । ATM बाट पैसा जम्मा गर्दा आफ्नो सहि नाम चेक गरेर मात्र पैसा जम्मा गर्नु पर्ने हुन्छ ।
यसरी पैसा जम्मा गर्दा तपाईको कुनै पनि कोरिया को बैंक खाता छ भने, उक्त खाताबाट ट्रान्सफर गर्न सक्नु हुनेछ । यदि तपाईको कुनै पनि बैंकमा खाता नभएको खण्डमा कोरिया क कुनै पनि बैंकको शाखामा गई पैसा जम्मा गर्न सकिनेछ ।
तपाईले कोरियाबाट पठाएको कोरियन वोन (KRW) को नेपालमा प्राप्त हुने नेपाली रुपैयाँ (NPR) बारे जानकारी यस कम्पनी को वेबसाइट www.nepalremit.com/korea बाट लिन सक्नु हुने छ ।
उक्त खातामा रकम जम्मा हुन साथ केहि मिनेटमा नै पैसा नेपाल आई पुग्नेछ र पैसा पठाउने व्यक्ति लाई SMS मार्फत एउटा CODE नम्बर आउने छ । केहि कारणवस SMS नआएमा फोन न. 070-4858-5955 वा VIBER न. +977-9801-116-688 मा फोन गरी, आफ्नो खाता नम्बर र पैसा पठाएको रकम जानकारी दिई कोड नम्बर प्राप्त गर्न सक्नु हुन्छ ।
नेपालमा पैसा नगद भुक्तानी लिने गरि पैसा पठाएको खण्डमा, उक्त कोड नम्बर नेपालमा पैसा पाउने व्यक्ति लाई दिनु पर्ने हुन्छ।
उक्त कोडको प्रयोग गरि पैसा पाउने व्यक्तिले नेपालमा पैसा भुक्तानी लिन सक्नेछन् । तपाईले पठाएको पैसा सिधै बैंकमा जम्मा हुने गरि पठाउनु भएको खण्डमा नेपालमा उक्त कोड नम्बर दिई राख्नु जरुरी हुने छैन र उक्त रकम सिधै बैंक खातामा जम्मा हुनेछ ।
सम्पर्क
कोरिया नम्बर – 070-4858-5955 वा VIBER न. +977-9801116688
KOREA OFFICE :
2F, Seokchonhosu-Ro 258,
Songpa-Gu,
Seoul 138-848, KOREA
KOREA OFFICE TIME:
SUN-FRI 10:00 AM – 06:00 PM (Korea time)
बैंक नगई सुविधा लिन परेमा
कोरियाको नम्बर 010-2334-6649 / 010-2078-6649
नेपाल सम्पर्क
Kathmandu Plaza, Kamaladi, NEPAL
Tel: +977-1- 4168800 / 4168700
FAX: +977-1-4168724