ठकुरी समाजको चिट्ठामा चन्द्र जोशीले ११ लाख वोन पाए|
सौल –
ठकुरी समाज कोरियाले आयोजना गरेको भाग्यशालि चिट्ठाको नतिजा यहि मार्च १३ मा प्रकाशन गरेको छ |जस अनुसार टिकट नम्बर १०७२ का चन्द्र जोशीले प्रथम पुरस्कार ११ लाख वोन प्राप्त गर्न सफल भएका छन्, टिकट नम्बर २२०३ का प्रेम शाहले दोस्रो पुरस्कार ६ लाख वोन र टिकट नम्बर ०६८१का मोहन थापाले तेस्रो पुरस्कार ३ लाख वोन प्राप्त गर्न सफल भएका छन् | त्यसै गरि सान्त्वना पुरस्कार स्वरूप कुमार थापा टिकट नम्बर ०२०१ , डिल बहादुर पुन टिकट नम्बर १२५५ , पशुपति टिकट नम्बर २४०४ ले सोलार लाईट प्राप्त गर्न सफल भएका छन् भने टिकट नम्बर ०४३५ का ध्यान राई र टिकट नम्बर ०४२८ का प्रेम थापाले लोसन प्राप्त गरेका छन् |
कास्की परिवारले आयोजना गरेको प्रेम गित चलचित्र प्रदर्शनी गरेको हलमा कोरियाका लागि श्रमसहचारी देबराज ढकालले प्रथम पुरस्कारको चिट्ठा तानेका थिए भने नेपाली सम्पर्क समितिका महासचिब सुन्दर लिम्बुले दोस्रो पुरस्कार र एन आर एन ए कोरियाका अध्यक्ष राजु क्षेत्रीले तेस्रो पुरस्कारका चिट्ठा निकालेका थिए | त्यसै गरि ठकुरी समाजका अध्यक्ष श्रवण शाही,बरिष्ठ उपाध्यक्ष कुमार सेन ,जन अधिकार मंचका अध्यक्ष गणेश कालिकोटे ,समाज सेबी लक्ष्मी लामा र कास्की परिवारका अध्यक्ष खोम गुरुङले सान्त्वना पुरस्कारका चिट्ठा तानेका थिए |
गत सलनालको अबसरमा तनहुँ सम्पर्क समिति कोरिया द्वारा आयोजित सांगीतिक कार्यक्रममा नतिजा प्रकाशन गर्ने गरि आयोजना गरिएको भाग्यशालि चिट्ठा बिबिध कारणले ढिला हुन गएको थियो |आपतकालीन राहत कोष स्थापना गर्ने उद्देश्यका साथ आयोजना गरिएको भाग्यशालि चिट्ठा कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण संस्था ,ब्यापारी र महानुभावहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ|
पुरस्कार प्राप्त गर्न को लागि निम्न व्यक्तिहरु संग सम्पर्क गर्न अनुरोध गरिएको छ |
श्रवण शाही ०१०४५४८७७१६ ,शर्बजित शाह ०१०६२७१७९२२ ,छानु चन्द ०१०५०३१५१९८