उत्तरले दक्षिण कोरियाको फोन ह्याक गर्यो
सोल – दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको जनाएका छन् ।
यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको थियो । यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको समाचारमा जनाइएको छ |
दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ । दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिणकोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ । दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगि यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।