किराँत राइ यायोक्खाद्धारा साकेला स्थगित
रोशन राइ, सोल -किराँत राइ यायोक्खा दक्षिण कोरियाले बिगतको बर्ष झैँ यो बर्ष को मे १७ तारिक आईतवारको दिन मनाउने भनिएको साकेला यो बर्ष स्थगित गरेको छ ।
बैशाख १२ गते सनिबार नेपालको कालो दिन , बिनाशकारी महाभूकम्पले अतुलनीय मानवीय क्षती साथै भौतिक संरचनाहरु ध्वस्त पारेर सिङ्गो नेपाल र बिश्वभरिको सारा नेपालीहरु मा शोक छाएपछी यो बर्ष सामान्य भूँमी पूजा मात्रै गर्ने तर सँधा झैं ढोल झ्याम्टामा साकेला नाँच ननाँचिने निर्णय मे ३ तारिक किराँत राइ यायोक्खा द कोरियाको अध्यक्ष दिनेश राईको अध्यक्षतामा बसेको बैठकले निर्णय पारित गरेको हो ।
किराँत राइ यायोक्खा द कोरियाले उक्त मे १७ मै उडाइने(खोलिने) भनिएको भाज्ञशाली चिट्ठा पनि पछी को मिती तय नभैन्जेल सम्मको लागी स्थगित गरेको छ ।
यायोक्खा द कोरियाले महाभूकम्पको कारणले मृत तथा दिवंगत भएका आत्माहरुको चिर शान्तिको कामना, घाइते हरुको शिघ्र स्वास्थ्य लाभ एवंम शोक सन्तप्त परिवार्:जन हरु प्रती गहिरो समवेदना प्रकट गर्दै पिडीत हरुको राहतको लागी एक भएर जुट्न समेत सबैलाई अनुरोध गरेको छ । यायोक्खा द कोरियाले मे १७ तारिकमा पनि श्रद्धान्जली कार्यक्रम गर्ने भएको छ ।
किराँत राइ यायोक्खा द कोरियाले भूकम्प पिडीत हरुको लागी ” राहत संकलन अभियान्” संचालन गरिरहेकोले त्यहाँबाट जम्मा भएको सहयोग रकम प्रधानमन्त्री राहत कोष मार्फत नभै किराँत राइ यायोक्खा केन्द्रीय कमिटिका पदाधिकारिको रोह्:वरमा सरकारी निकायको अनुमती तथा समान्वयमा राहतको आवश्यक सामग्री:हरु प्रत्यक्ष पिडीत समक्ष गएर चाँडो भन्दा चाँडो उपलब्ध गराइने समेत बैठकले निर्णय गरेको हो ।
बैठक सोलको नेपाल हाउसमा २ बजेबाट ५ बजेसम्म चलेको थियो ।