Advertisement
SKIP THIS

नेपाली संगीतमा पनि पैसावाल , नातावाद र कृपावाद छ : तायाहाङ्मा राई


गायिका तायाहाङ्मा राईको दोस्रो गिती एल्वम ‘तराना’ भर्खरै बजार आएको छ । उक्त एल्वममा राज सागरको संगीत रहेको छ भने शव्द शीतल कादम्बिनी , जुना वाइवा , राज सागर , शुष्मा देवकोटा र घनश्याम पथिकको रहेको छ । मायाको गहिराई …… बोलको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । उक्त म्युजिक भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका छन भने क्यामेरा बिदुर पाण्डेले खिचेका छन र अभिनय बिमलेस अधिकारी र रिमा बिश्वकर्माको रहेको छ ।

रेडियो नेपालबाट २०६७ सालमा स्वर परिक्षा पास गरेकी राईले २०५८ सालमा लोकतन्त्र दिवसमा आयोजित राष्ट्रब्यापी गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिईन । अहिलेको नेपाली संगीत बजारको बारेमा फोनिजकोरिया संवाददाता निश्चल काउचाले राईसँग गरेको कुराकानी :-

 

तपाईंको ‘तराना’ एल्वम भर्खरै बजारमा आएको छ । यसमा कस्ता खालका गीतहरू छन ?

यसमा सेन्तिमेन्टल आधुनिक गीत र एउटा रोमान्टिक गीत सामावेश छन ।

 

स्रोता तथा दर्शकको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

स्रोता तथा दर्सकहरुबाट एकदम राम्रो प्रतिक्रिया पाएकी छु । अझै मलाई संगीत लाग्ने हौसला र प्रोत्साहन मिलेको छ ।

 

नेपाली संगीतको स्थिति कस्तो छ ?

नेपाली संगीतको स्थिति एकदमै कमजोर पाएकी छु र यहाँ पैसावाल , नातावाद र कृपावाद हालिमुहाली चल्छ ।

 

संगीतमा लागेर जिउन गाह्रो भनिन्छ नी ?

त्यो त अवस्य पनि हो तर पछिल्लो समयमा राम्रा संगीतकर्मीहरू ठुलै संघर्ष गरेर नाम र दाम पनि कमाई रहेका छन ।

 

देश , बिदेशबाट कन्सर्टको अफर आईराखेको होलानी ?

हजुर आईराख्छ म नेपाल बाहिर हङकङ र कोरिया गएर आईसकेकी छु ।

 

नेपाली संगीत बजारमा नयाँलाई स्पेस पाउन गाह्रो छ भनिन्छ नी ?

त्यो अबस्य पनि हो किनकी म नयाँ कलाकार भएर भोगेकी पनि छु र देखिकी पनि छु । पुराना चलेका गायक , गायिकाहरूलाई मात्र मिडियाले पनि बढी नाम प्राथमिकता दिने र नयाँहरुलाई वास्ता नगर्ने परिपाटी बढी छ । पैसा हुनेवालाहरूले जस्तै नराम्रो गीतलाई पनि पैसा पेलेर चर्चामा ल्याउने गर्छन् । पैसा नहुने तर कला राम्रो हुने कलाकारहरू पछि परिरहेको अवस्था हो अहिलेको ।

 

संगीतमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ?

संगीत मेरो सानै देखिको शोख हो र म सानोमा गाउनु भन्दा पनि नाच्नमा खप्पिस थिए । साच्चै भन्नु पर्दा यो प्रेरणा मेरो दिज्यु सविना राईबाट धेरै पाएकी छु ।

 

तपाईको फ्यानहरूलाई केही भन्न चाहनु हुन्छकी ?

मेरो सबै फ्यानहरु , मेरा शुभ चिन्तकहरूलाई , नेपाली गीत , संगीतलाई माया गर्नु सबै जनालाई धन्यवाद भन्न चाहन्छु । मैले भर्खरै मेरो दोस्रो एल्वम ‘तराना’ बजारमा ल्याकी छू । सुनिदिनु होला र ममा के कति कमजोरीहरु छन सल्लाह, सुझाब दिनु होला । हजुरहरूको सल्लाह , सुझाब हामी नयाँ कलाकारहरूलाई एकदमै खाँचो छ । अन्तमा मलाई जति पनि सपोर्ट गर्नु हुने बिभिन्न मिडिया र शुभ चिन्तकहरूलाई थ्याङ्क्यु सो मच भन्न चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...