कोरियाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकियो
सउल, कोरिया
दक्षिण कोरियामा प्रतिघण्टा १० हजार वन पारिश्रमको माग राखी मजदुरहरु आन्दोलन गरिरहेकै बेला एक प्रभावशाली मजदुर नेतालाई पाँच वर्षको जेल सजाय तोकिएको छ । कोरियाको दोस्रो ठूलो मजदुर संगठन कोरियाली ट्रेड युनियन संगठनका नेता हान सान ग्युनलाई सोमबार सउल जिल्ला अदालतले पाँच वर्षको जेल सजाय फैसला गरेको कोरियाली न्यूज एजेन्सीले जनाएको छ । ५३ वर्षिय हानलाई अदालतले ५ लान वन जरिमाना तोकेको छ ।
गत नोभेम्बरमा सउलमा सरकार विरुद्ध भएको आन्दोलनलाई हिंसात्मक बनाउन उक्साएको अभियोगमा पक्राउ गरेको थियो । सो बेला इतिहासलाई परिर्तन गरिएको पाठ्यपुस्तक बनाउने सरकारको निर्णय विरुद्ध मजदुर युनियन र अन्य संगठनको सहभागितामा दशौ हजारा प्रर्दशनीमा उत्रिएका थिए । प्रदर्शनीमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको थियो । झडपमा ७६ प्रहरी घाइते र ४३ प्रहरी बसमा क्षति पुगेको थियो । प्रदर्शनकारी पनि निकै घाइते भएका थिए भने एकजना मरनासन्न अवस्थामा पुगेका थिए ।
अदालतको फैसला विरुद्ध सोमबार दिनभर भएको वर्षातको बावजुत पनि मजदुर नेताहरु अदालत नजिकै सडकमा धर्नामा थिए ।