नेपाली चेली बनिन राष्ट्रपति ओवामाकी सल्लाहकार
फोनिजकोरिया संवाददता
अमेरिका
अमेरिकामा रहेकी नेपाली मूलकी संजीता प्रधान राष्ट्रपति बराक ओवामाकी सल्लाकारमा नियुक्ति भएकी छिन् । एसिया प्यासिफिक आइसल्यान्डरको तर्फबाट उनी सल्लाकारमा मनोनित भएकी हुन् । शनिबार ह्वाइटहाउसबाट जारी विज्ञपीमा उल्लेख गरेअनुसार ओवामाले नियुक्त गरेका तीन मुख्य पद मध्ये एक अमेरिकाका आयोवा राज्य निवासी प्रधान एक हुन ।
प्रधानले आउदो साता सपथ लिने जनाएकी छिन् । उनी २०१३ देखि आयोवा स्थित एसिया प्यासिफिक आइसल्यान्टर अफेयर्स अन्तरगत मानव अधिकार प्रमुखको रुपमा कार्यरत थिइन् । भारतको इन्डिया इनस्टीच्यूट अफ टेक्नोलोजीमा अध्ययन गरी अमेरिका पुगेकी प्रधान शरणार्थी व्यवस्थापन जस्ता सामाजिक कार्यमा बढी सक्रिय थिइन् ।