Advertisement
SKIP THIS

एनआरएनए पोर्चुगलका उपाध्यक्षद्धारा पत्रकारलाई धम्की


nrn-portugal-150x150फोनिज सम्बाददाता
एनआरएनए पोर्चुगलका उपाध्यक्ष सुनिल संगमले  नेपालका न्युज २४ च्यानलका युरोप प्रतिनिधी गणेश पाण्डेलाई ज्यान मार्ने धम्की दिएका छन् । स्थानिय समय अनुसार बुधबार राती १२ बजे तिर पाण्डेको क्याफेमा गई धम्की दिएको लण्डनबाट खेमराज रानाभाटले उल्लेख गरेक  छन् ।

एनआरएनए पोर्चुगलको आर्थिक हिनामिनाको समाचार लेखेको विषयलाई लिएर उपाध्यक्ष संगमले धम्की थिएका थिए । समाचारको खण्डन गर्नुको साटो मादक सेवनको नशामा हुल बाँधी रात विरात काम गर्ने ठाउँमै गई ज्यान मार्ने धम्की दिने यस्ता उदण्ड पदाधिकारीलाई निलम्बन  गर्न पोर्चुगलबासीलाई अनुरोध पनि गरिएको छ ।

स्मरण रहोस एनआरएनए पोर्चुगलको यो कार्य समितिले गत अगस्टमा कार्यभार समाल्दा अघिल्लो समितिबाट बुझेको करिब २२ हजार युरो र समितिले नेपाली राजदुतावास फ्रान्सबाट पासपोर्ट बनाउन समन्वय गरे बापत उठाएको सेवा शुल्क समितिको खातामा नराखी पदाधिकारीहरुबाट मनोमानी ढंगबाट उपयोग गर्दै आएको कुरा समिति भित्रैका सदस्यहरुबाट बाहिर आएको थियो ।

नेपाली राजदुतावास फ्रान्सबाट पोर्चुगलबासी नेपालीले पासपोर्ट बनाउन एनआरएनए पोर्चुगलले समन्वय गरे बापत २६ देखि ३६ युरो सेवा शुल्क लिने गर्थ्यो, जुन कार्यमा अनियमितता भएको आशंका गरी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैछ ।

एनआरएनए पोर्चुगलको यो समितिले आफ्नो हिसाब कितावको बारेमा सार्वजनिक रुपमा कुरा उठेपछि तुरुन्त सार्वजनिक गर्नुको साट्टो साधारणसभा र महाधिवेशन बाहेक अरु बेला देखाउन जरुरी छैन भन्दै टार्दै आएको छ ।

समितिको कोष हिनामिना भएको कुरा बाहिर आएपछि हिसाबकिताव पारदर्शी रुपमा राख्न, व्यवस्थापन गर्न र सबैका सामु एक महिनाभित्र सार्वजनिक गर्न भनि कोषाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय एक समिति बनाइएको थियो ।
तर उक्त समितिको अहिलेसम्म विधिवत रुपमा एक पटक पनि बैठक बसेको छैन भन्ने कुरा उक्त समितिकै सदस्यबाट बाहिर आएको छ ।
स्रोत नेपाल जापान डट कम

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    preload imagepreload image