admin

 

फेसबूक प्रयोगकर्ता २ अर्ब

काठमाडौं-विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबूकको प्रयोगकर्ता २ अर्ब पुगेका छन् । विश्वको कुल जनसङ्ख्याको करीब एक तिहाइ मानिसले हाल फेसबूक प्रयोग गर्ने गरेको तथ्याङ्क छ । सन् २०१२ को अक्टोबरसम्ममा फेसबूकका मासिक प्रयोगकर्ताको सङ्ख्या १ अर्ब रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन् । पाँच वर्षको अवधिभित्र यसका प्रयोगकर्ता दोब्बर पुगेका छन् । यद्यपि, स्न्यापच्याटजस्ता अन्य सामाजिक सञ्जालसँगको बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको वृद्घि प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । यसै वर्षको शुरुआतमा फेसबूकले उसको विज्ञापनबाट हुने आम्दानीमा कमी आउन सक्ने सङ्केत गरेको छ ।


लिम्बू जातिको सम्पदा सरंक्षण गर्न सर्बोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले किराँत समुदायको ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका धरोहर बचाउन सरकारलाई बुधबार अन्तरिम आदेश दिएको छ । उत्तर-दक्षिण लोकमार्ग निर्माण क्रममा पूर्वी जिल्लामा विशेषगरी लिम्बू जातिका मौलिक एवं सांस्कृतिक धरोहर मासिएको भन्दै दायर एक रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश जारी गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । किरात समुदायको भावनासँग जोडिएका धार्मिक र सांस्कृतिक सम्पदा मास्ने कार्य हुँदा सरकार बेखबर रहेको दाबीसहित अधिवक्ता प्रवीन पन्दाक लिम्बू, मनीषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले रिट दायर गरेका थिए ।फुर्सदमा


बैंक अफ कोरिया र राष्ट्र बैंकबीच सहकार्य हुने

काठमाडौं-नेपाल राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रको अनुसन्धान र अनुगमनलाई आधुनिकीकरण गर्न बैंक अफ कोरियासंग सहकार्य गर्ने भएको छ | यस बारे दुई बैंकका पदाधिकारीबीच मंगलबार काठमाडौंमा हस्ताक्षर भयो | बैक अफ कोरियासंगको सहकार्यले नेपाली बितीय बजारको स्तरन्नोती हुने नेपाल राष्ट्र बैंकका अनुसन्धान बिभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए | सहकार्यले नेपालको आर्थिक बिकासको ब्यबस्थापनका साथै मौद्रिक उपकरणको सहि उपयोग गर्न सकिने थापाको भनाइ थियो | यस अघिदेखिनै बैंक अफ कोरियाले नेपाल राष्ट्र बैंकसंग बितीय ब्यबस्थापनका लागि प्राबिधिक सहयोग गदै आएको छ | दुई बैंक बीच भएको समझदारी पत्र अनुसार ६फुर्सदमा


ब्राजिलको कुखुरा कोरियामा प्रतिबन्ध

बहु राष्ट्रिय कम्पनी केएफसीमा कुखुराको परिकार खानु भएको छ ? छ भने एक पटक सोच्नुस् तँपाईले कुहिएको कुखुराको मासु खानु भएको पनि हुन सक्छ । गुणस्तरहीन कुखुराको मासु निर्यात गरेको पाइएपछि दक्षिण कोरियाले ब्राजिलको कुखुराको मासुमा प्रतिबन्ध लगाएको छ । कुहिएको मासु विश्व भरि पठाउने थाहा पाए पछि दक्षिण कोरिया, युरोपियन युनियन र चीनले ब्राजिलको कुखुराको मासु प्रतिबन्ध गरेको हो । कोरियाले गएको बर्ष असी प्रतिशत अर्थात १ लाख ८ हजार टन कुखुराको मासु ब्राजिलबाट ल्याएको थियो । बाँकी बजारको माग स्थानीय उत्पादन र अमेरिका लगाएतबाट आयात गरेको थियो ।फुर्सदमा


उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च १९ मा कोरिया आउने

सोल उर्जा मन्त्री जनार्दन शर्मा यहि मार्च महिनाको १९ तारिख दक्षिण कोरिया आउने भएका छन् । नेपालको उर्जा क्षेत्रमा कोरियामा रहेका नेपालीहरुको लगानी भित्राउने बारे अन्तरक्रिया गर्न मन्त्री शर्मा कोरिया आउन लागेको कार्यवाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो । गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) कोरिया र राजदूतावासको संयुक्त आयोजनामा मार्च १९ तारिख गरिने अन्तरक्रिया कार्यक्रको लागि मन्त्री शर्मा कोरिया आउने भएका हुन् । मन्त्री संगै नेपाल विद्युत प्राधिकरणका प्राबिधिक इन्जीनियर कृष्ण प्रशाद शर्मा पनि आउने तयारी भइरहेको एनआरएनए कोरियाका कार्यबाहक अध्यक्ष ओम जुग्जाली मगरले जानकारी दिनुभयो । उर्जा मन्त्रालयको अभियानफुर्सदमा


एनआरएनले लाप्राकमा बनाउन लागेको मोडल हाउसको प्रमद्धारा उद्घाटन

फोनिज कोरिया संवाददाता सउल गोर्खा जिल्लाको लाप्राक गाविस गुन्सी पाखामा गैस आवासिय नेपाली संघ (एनआरएन) ले निमार्ण गर्न लागेको नमुना बस्तीको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको छ । अक्टोबर ५ तारिख एनआरएन दिवसको अवसर पारेर सो लाप्राक नमुना बस्तीको उद्घाटन गरिएको एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसिसी) सदस्य विनोद कुवरले जानकारी दिनुभयो । एनआरएनले एक हजार घर निमार्ण गरिदिने भने पनि अहिले ४ सय ४४ घर बनाउने भएका छन् । अहिले निमार्ण शुरु गरेर एक वर्ष भित्र सक्काउने एनआरएनले जनाएको छ । गत वर्ष गएको भूकम्पको केन्द्र विन्दु रहेकोफुर्सदमा


एनआरएनएको नवौ क्षेत्रिय सम्मेलन अमेरिकामा शुरु

फोनिज कोरिया संवाददाता अमेरिका गैर आवासीय नेपाली संघ (एनआरएनए) को नर्वौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सिमा आइतबार शुरु भएको छ । एनआरएनए अन्तराष्र्टीय समन्वय परिषदद्धारा आयोजित सम्मेलनमा ३५ देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । हरेक दुई वर्षमा गरिने सम्मेलन २ दिनसम्म चल्ने छ । पूर्व सभामुख सुवास नेम्वाइ०को प्रमुख आतिथ्य साथै एनआरएनका अध्यक्ष शेष घलेको उपस्थिती रहेको सम्मेलनको थिम एनआरएन भिजन २०२० रहेको छ । सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तबारे छलफल गरिने छ । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष घलेले विगतमा एनआरएनए एउटा अभियान जस्तो देखिए पनि हाल राहत र उद्धारदेखि विकासफुर्सदमा


एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा गल्फ प्रतियोगिता सम्पन्न

फोनिज कोरिया संवाददाता अमेरिका नौ औं एनआरएनए क्षेत्रीय सम्मेलनको अवसरमा अगष्ट २६ तारिख अमेरिकाको न्यूजर्सीमा एनआरएनए चौथो गल्फ प्रतियोगिता सम्पन्न्न भएको छ। विभिन्न देशका २२ जना एनआरएनए गल्फ खेलाडीहरु सहभागी भएका थिए । सो खेलमा खेलाडीहरुलाई पुर्वसभामुख सुभाष नेम्बाङ्, एनआरएनए उपाध्यक्ष कुमार पन्त र एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले विभिन्न विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । साथै खेलमा अमेरिकाका लागि महामहिम राजदूत डा अर्जुन कार्कीले समेत सहभागी रहेका थिए । व्यक्तिगत तर्फ तेन्जीइ० दोर्जे प्रथम , लाक्पा रिइ०जी शेर्पा दोस्रो र छिरीइ० दोर्जे तेस्रो भएका थिएफुर्सदमा


एनआरएन आइसिसीले भाषा साहित्यको छुट्टै उपकार्यदल गठन गरयो

फोनिज कोरिया संवाददाता गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) मातहात भाषा साहित्य प्रवद्र्धनको लागि छुट्टै उपकार्यदल गठन गरेको छ । साहित्यकार विश्वास दीप तिगेलाको संयोजकत्वमा कार्यदलको विस्तार गरिएको छ । तग जनवारी ३० तारिख आइसिसीको ५२ औ बैठकले सो उपकार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलका सदस्यहरुमा बेलायतबाट केदार सुनुवार संकेत र प्रतिमा केसी , संयुक्त राज्य अमेरिकाबाट राम लामा र प्रदीप थापामगर , पोर्चुगलबाट राजकुमार दिक्पाल, हइ०कइ०बाट चन्द्र मादेन , ताइवानबाट डा. लेखनाथ काफ्ले , अमेरिकाबाट नीलम कार्की निहारिका र एनआरएन युके आइसिसी मातहात गठित भाषा तथा साहित्य विभागका प्रतिनिधीफुर्सदमा


सामसुङ विरुद्धको कपिराइट मुद्दामा एप्पलको अर्को जित

दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो । यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमा ८ जना न्यायाधीश उभिए भने ३ जनाले फैसलाप्रति असहमति जनाए । सामसुंगले स्मार्टफोनमा आफ्ना विभिन्न प्रविधिहरुको प्रतिलिपि चोरेको आरोप एप्पललेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...